तेस्रो अाँखा

  • त्रिशूली प्रवाह
  • २८ फाल्गुन २०७७, शुक्रबार १६:१९
Buddha Eyes

सिंहदरवारको अधिकार गाउँ–गाउँमा नमुनाको दुरूपयोग ! नुवाकोटबासीले गत हप्ता यस्तै नाटकको मञ्चन छहरेमा लिखु गाउँपालिकाले गरेको महोत्सवबाट भरपुर गाईजात्रे मनोरञ्जन पाए । गाउँपालिकाले मेला÷महोत्सव आफैंले गर्ने हो कि होइन पछि बहस÷छलफल घैटोभरी बृद्धि हुनेले गर्लान् । जनताको गुनासो र समस्यालाई चाँग लगाउँदै वडाध्यक्षको मृत्युमा दुईथोपा अाँशु समेत चुहाउने नभ्याउने पालिकाले कत्रो ब्यापार ब्यवसाय गरे अडिट भएपछि सार्वजनिक होला, अहिलेलाई धैर्य गरौं । पालिका आयोजक अध्यक्ष धुव्र सरलाई काँग्रेसको वडादेखि इलाका, जिल्ला, प्रदेश र केन्द्रिय नेताको खानपान र ब्यवस्थापनमा भ्याई–नभ्याई ! ठेक्का पाएका मित्रहरू कलाकार ल्याउन र पैसा बटुल्नमै केन्द्रित हुँदा लिखुको एक वर्षको बजेट स्वाहा ! रत्यौली गरेर पालिकाले महोत्सवको गफ गर्दा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की ट्वाँ ! अन्य पालिकाले पनि योग्य र सक्षमलाई पन्छाएर यसैको सिको गरेर नेताको सिफारिसमा परेकालाई ठेक्का दिएपछि आगामी स्थानीय निर्वाचनमा टिकट पक्का ! यसै पाराको महोत्सव रातमाटे र खरानीटारमा हुने हल्लाले पर्यटन प्रर्वद्धनमा समेत दखल राख्ने विज्ञ जिल्ला समन्वय प्रमुख सन्तमान सरले १२ वटै पालिकालाई तेस्रो अाँखामार्फत सुझाव पठाएका छन् ।