हाम्रा कुरा : राष्ट्रियताको लागि एकजुट होऔं

  • त्रिशूली प्रवाह
  • २८ कार्तिक २०७६, बिहीबार १२:०६

नेपालका राजनीतिक दलहरू देशको लागि आवश्यक पर्दा एकै ठाउँमा उभिन सक्छन् । दलहरू मिलेर २००७ सालमा राणाशासन, २०४६ सालमा पञ्चायत, २०६२÷०६३ मा राजतन्त्र हटाउनदेखि २०७२ मा संघीय गणतन्त्र नेपालको संविधान जारी गर्न समेत एकजुट भएका थिए ।

भारतले गत हप्ता सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भुमि, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो देशभित्र समेटेपछि नेपाली जनता आन्दोलित भएका छन् । नेपाली जनताको भावनालाई समेटेर सरकारले शनिवार प्रमुख राजनीति दलका शिर्ष नेतासँग वृहत छलफल गरेर नेपालको आधिकारिक धारण सार्वजनिक गरेको छ । सबै राजनीतिक दलले नेपाली भुमि एक इन्च पनि गुम्न नदिने साझा सहमति बनाएका छन् । सरकारलाई दलहरूले आफ्नो भु–भागको सुरक्षा र संरक्षण गर्न साथ र सहयोग दिने प्रतिवद्धता जनाएका छन् ।

राष्ट्रियताका सबालमा दलको साथसाथै सबै एकजुट बन्नुपर्छ । ब्यक्तिगत स्वार्थ त्यागेर राष्ट्रलाई उच्च विन्दुमा राखेर अघि बढ्नु नै आजको आवश्यकता हो । भारतको बल मिच्चाइँको विरूद्धमा सारा नागरिक सडकमा उत्र्एिका छन् । नागरिक उत्र्निु समस्याको हल होइन । सरकारद्वारा कुटनीतिक पहल गर्नुपर्छ । कति भारतीय नेपालमा उद्योगधन्दा चलाएर बसेका छन् । सरकारको गैर जिम्मेवार निर्णयले उनीहरूलाई असर नआओस् र समस्याको हल टेवलमा बसेर होस् । सडकमा जुलुस, आन्दोलन निकाल्नु समस्याको हल होइन । भारत सरकारको गैर जिम्मेवार निर्णयले नागरिकमाथि आघात नपुगोस् । हामी कसैसँग झगडा गर्ने पक्षमा पनि छैनौं । हाम्रो भुमिमा कसैले दावा नगरोस् । यही मात्र हाम्रो चाहना हो । राजालाई शत्रु देख्ने भारतलाई मित्र देख्ने राजनीतिक दलहरूको अब त होस् आयो कि ? हुन त १२ वर्ष कुकुरको पुच्छर ढुंग्रामा राखे नि बांगाको बांगै भने जस्तो हाम्रा नेताको चेत त आउँदैन । त्यै पनि ।

कहिलेसम्म सहने ? कति सहने ? आफूसँग शक्ति छ, बल छ भन्दै बल मिच्चाइँ गर्ने ? हामीसँग बल नभए पनि आत्मबल छ । हामी आउँदा जे पनि गर्न सक्छौं । तिमीहरूसँग विश्व विनाश गर्ने अस्त्र होला । हामीसँग विश्व जोड्न सक्ने अस्त्र छ । विगत पनि याद गर नेपाली कतिसम्म महान् र ईमानदार थिए । हिजो ब्रिटिस सरकारले भारत आफ्नो कब्जामा लिंदा भारतलाई स्वतन्त्र राज्य बनाउनका लागि नेपाली राजनीतिज्ञले खेलेको भुमिका नबिर्सौं । आज शक्तिशाली भएँ भनेर सधैं शक्तिशाली हुन्छु भन्ने दम्भ पनि नगरौं ।

हामी विर गोरखाली सधैं आफ्नो आन, मान, सानका लागि कहिल्यै कोहीसँग झुकेका छैनौं र झक्दैनौं पनि । बरू हाम्रो प्राण जाओस्, हाम्रो भुमिमाथिको अतिक्रमण सहँदैनौं । नेपाल सरकारले पनि सत्यतथ्य के हो, जाँचबुझ गर्नुप¥यो– भारतले बनाएको नक्सा ठीक छ या भारतले हाम्रो भुमि मिचेकै हो । कुटनीतिक पहल गरेर समस्याको हल गर्नुप¥यो । दुई देशबीचको मित्रतालाई शत्रुतामा परिणत गर्ने काम ठीक होइन । भारत हामी भन्दा ठुलो छ । हामी भन्दा शक्तिशाली पनि छ । त्यसो भन्दैमा उसले गरेको अन्याय सहनुपर्छ भन्ने पनि त छैन नि ।

हाम्रो राजनीतिमाथि पटक–पटक हस्तक्षेप गर्दै आएको भारत अहिले त हाम्रो भुमिमाथि नै दावा गर्दै छ, यो सह्य हुँदैन । सीमाको नक्सा बनाउँदा छिमेकीलाई पनि राख्नुपथ्र्यो । एकतर्फी नक्सा बनाएर अर्काको भुमि आफ्नोमा हालेर मेरै हो भन्ने लाज लाग्दैन ? हाम्रा राजनीतिज्ञ नेताहरू एउटा प्रधानमन्त्री बनाउनु प¥यो भने भारतको निगाह चाहन्छन् । त्यसको परिणाम हो कालापानी । भारत हाम्रो असल छिमेकी राष्ट्र हो । एउटा असल छिमेकीले अर्का छिमेकीलाई काखमा राखेर छुरा धस्छ भने कदापि सहन सकिंदैन । कालपानी हाम्रो भुमि हो । भारतले जबर्जस्ती कब्जा गर्न पाउँदैन । कहिले नाकाबन्दी गरेर दुःख दिने । कहिले संविधान जारी नगर भनेर हस्तक्षेप गर्ने । उसको नेपालप्रतिको धारण के हो ? मुखमा राम राम, बगलीमा छुरा गर्नुको अर्थ छैन । नेपालको भुमि फिर्ता गर । हामी सबै नेपाली राष्ट्रियताको लागि एकजुट होऔं ।