+
Search

ताजा अपडेट +

पपुलर +

पाँच युवाको १४२ किमी साइकल यात्रा

काठमाडौँबाट सुरू भई काठमाडौँमै समापन

पाँच युवाको १४२ किमी साइकल यात्रा
सज्जन उत्सुक
३ हप्ता अगाडी

विदुर । ‘कोरा २०२५’ का अवसरमा पाँच युवाले एक अद्वितीय साहसिक यात्रा पूरा गरेका छन् । तिनले कुल १४२ भन्दा बढी किलोमिटर साइकल यात्रा गर्दै यही साउन ४ गते काठमाडौँको गैरीगाउँबाट सुरू गरी फेरि गैरीगाउँमै समापन गरेका छन् । सो रोमाञ्चक यात्राको मार्ग काठमाडौँ-बनेपा-पाँचखाल-मेलम्ची-पाटी भन्ज्याङ नुवाकोटका छहरेबजार हुँदै गुरूङगाउँ-गुर्जेभन्ज्याङबाट पुनः काठमाडौँसम्मको उकालो समेटिएको थियो ।

प्राकृतिक सुन्दरताबिच चर्को घाम, कच्ची बाटो र थकित शरीरलाई जित्दै उनीहरूले एक प्रकारको असाधारण शक्ति र धैर्य प्रदर्शन गरे । सो ऐतिहासिक यात्रामा पुष्पराज दाहाल, उज्ज्वल शाक्य, विजय लामा, सुरेश अधिकारी र राजन महर्जन सहभागी थिए । कोरा इभेन्ट सन् २०११ (विसं २०५८) देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको पर्यावरण तथा सामाजिक सचेतनामूलक साइकलयात्रा हो, जसले विभिन्न मार्गमार्फत सहभागीलाई परिश्रम, सामूहिक कार्य र समाजप्रति जिम्मेवारीको भावना दिलाउने उद्देश्य राख्छ ।

यात्राका सहभागी युवाले भने, “हामी केवल दूरी नापिरहेका थिएनौंँ, आफ्नो क्षमता, मनोबल र मित्रतासँग पनि यात्रा गरिरहेका थियौँ ।” छहरेको उकालो चढ्दै गर्दा शरीरभन्दा मनले धेरै थकाइ महसुस गराए पनि सामूहिक हौसला र उद्देश्यप्रतिको प्रतिबद्धताले अन्तिमसम्म यात्रा सक्न सफल भएको तिनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

सज्जन उत्सुक