+
Search

ताजा अपडेट +

पपुलर +

आँखा क्लिनिक स्थापना

त्रिशूली प्रवाह
६ साल अगाडी

कालिका,  रसुवा जिल्लाको कालिका गाउँपालिकाको कार्यालयमा ग्रामिण आँखा क्लिनिक स्थापना भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नेपाल आँखा कार्यक्रम÷तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र रसुवा तथा कालिका गाउँपालिकाद्वारा संयुक्त रुपमा सञ्चालन गरिएको हो । ग्रामिण भेगका आम जनतालाई अन्त नगई गाउँपालिकामा नै सेवा सुविधा दिने उद्देश्यले सञ्चालनमा ल्याईएको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख सुविन्द्र ताम्रकारले जानकारी दिनुभएको छ ।

जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले उद्घाटन गर्नुभएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सिता पौडेल (अधिकारी), उपाध्यक्ष भवानी न्यौपाने, रेडक्रस सभापति एवं नागरिक समाजका अध्यक्ष बावुलाल तामाङ, नेपाल रेडक्रस नुवाकोटका सभापति सुरथबहादुर चित्रकार, तिलगंगा आँखा प्रतिष्ठानका कार्यक्रम अधिकृत हरिबहादुर कार्की, आँखा केन्द्र नुवाकोटका प्रमुख शंकर अधिकारी स्वयम्सेवीकालगायतको उपस्थिति रहेको थियो । पुस १० गतेबाट शुरु गरिएको क्लिनिकमा ९० प्रतिशत आँखाका बिरामी यही नै ठीक हुने भएको छ । अबका दिन धुन्चेमा मात्र नभई पाँचै वटा गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गर्ने बताईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह