+
Search

ताजा अपडेट +

पपुलर +

कालिजंग गणको गतिविधी सार्वजनिक

त्रिशूली प्रवाह
६ साल अगाडी

धुन्चे,   लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको रसुवा जिल्लाको धुन्चेमा रहेको कालिजंग गणले वन्यजन्तु संरक्षण र सामाजिक कार्यमा गरेको क्रियाकलापको झलक सोमबार प्रस्तुत गरिएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट सहित जिल्ला सुरक्षा समितिका प्रमुख, जिल्लामा कार्यरत कार्यालयका प्रमुख, स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयको सहभागितामा गणले फोटो भिडियो र साँस्कृतिक कार्यक्रम गरी वन्यजन्तु तस्करी हुने गर्छ भन्ने विषयमा नाटक समेत प्रस्तुत गरेको थियो ।

जिल्लामा तैनाथ भएदेखी कालिजंग गणले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र अन्र्तगत रसुवा, नुवाकोट, सिन्धुपाल्चोक जिल्लामा चोरी सिकारी नियन्त्रण गरी सामाजिक क्षेत्रमा बाटो, खानेपानीलगायत राजमार्ग निर्माणका साथै स्थानीयको हरेक दुःखमा साथ दिंदै आएको छ । रसुवामा वन, वन्यजन्तु र मानवलाई संरक्षण गर्दै नेपाली संस्कृति र परम्परा प्रर्वद्धनमा सहयोग पु¥याउदै आएको नागरिक समाज रसुवाका अध्यक्ष बावुलाल तामाङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह