अमेरीकन डलर सहित पक्राउ

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १२:५९

– सरस्वती न्यौपाने

धुन्चे, रसुवागढी नाकामा नियमित चेकजाँचको क्रममा अमेरीकन डलरसहित एक जना ब्यक्ति शनिबार पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल २१ नम्बर गुल्म टिमुरेका प्रमुख डिएसपी लक्ष्मण थापाकाअनुसार पक्राउ पर्ने आमाछोदिङ्मो गाउँपालिका वडा नं.–४ गोल्जुङका २२ वर्षिय कान्छाकुमार घले रहेका छन् । चिनको केरुङ जान लागेका घलेलाई नियमित चेकजाँचको क्रममा शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ७ हजार अमेरीकी डलर (७ लाख ९३ हजार ३ सय ८० नेपाली रूपैयाँ बराबर) सहित पक्राउ गरेको हो ।

शनिबार बिहान करिव ९ बजेको समयमा पक्राउ गरिएको डिएसपी लक्षमण थापाले बताउनु भयो ।