‘आउट ड्रेस’ मा आए कर्मचारीको पोशाक भत्ता कटौती

  • त्रिशूली प्रवाह
  • ७ चैत्र २०७६, शुक्रबार १३:५०
Logo of trishuli prawaha

समुन्द्रटार, सेवाग्राही र कर्मचारीलाई छुट्टाउन सजिलो होस् भनेर सरकारले कर्मचारीलाई पोशाक भत्ता दिंदै आएको छ । तर कर्मचारीमा भने पोशाक लगाउने प्रवृत्ति बढेपछि नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले आउट ड्रेसमा आउने कर्मचारीको पोशाक भत्ता कटौती गर्न लागेको छ । गाउँपालिका मातहतका सम्पूर्ण सरकारी निकाय, शिक्षण संस्थाका निजामती कर्मचारीलाई अनिवार्य रुपमा कर्मचारीको तोकिएको पोशाक लगाउन निर्देशन गरेको छ । निर्देशन उल्लङ्घन गरेर पोशाक नलगाउने कर्मचारीको पोशाक भत्ता कटाउने सूचना गाउँपालिकाले जारी गरेको छ ।

पालिकाले गत हप्ता सूचना जारी गरी गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय र गाउँपालिका अन्तर्गतका सबै शिक्षण संस्था तथा स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीले आफ्नो कार्यालयमा सार्वजनिक विदाको दिन बाहेक कार्यालय समयमा उपस्थित हुँदा अनिवार्य नेपाल सरकारले तोकेको पोशाक लगाउन अनुरोध गरेको छ । धेरै जसोले सरकारीले पोशाक भत्ता वापत रकम बुझेर पनि पोशाक नलगाईएको पाईएकोले कर्मचारीलाई पोशाक लगाउन सचेत गरिएको निमित्त प्रशासकीय अधिकृत सर्वदा पण्डितले जानकारी दिईन् । चैत्र १ गतेबाट कर्मचारी पोशाक नलगाईएको पाईएमा आ.व.२०७६÷७७ को कर्मचारी पोशाक भत्ता उपलब्ध नगराईने पण्डितले बताईन् ।

निजामति कर्मचारीको आचरण सम्बन्धी नियमावली २०६५ मा निजामती कर्मचारीले अनिवार्य रूपमा पोशाक लगाउनुपर्ने निर्देशन गरिएको छ । सरकारले निजामती कर्मचारीको पोशाक भत्ता बृद्धि गर्दै १० हजार रुपैयाँ पु¥याएको छ । कुनै पनि सरकारी कार्यालयमा कर्मचारीलाई सेवाग्राहीले सजिलै चिन्न सकुन र सरकारी कर्मचारीको पहिचानका लागि सरकारले पोशाकको ब्यवस्था गरेको हो ।