देविघाट र सिन्दुरे जात्रा स्थगित

  • त्रिशूली प्रवाह
  • ११ चैत्र २०७६, मंगलवार ०९:५३
Logo of trishuli prawaha

विदुर, विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९)को प्रभाव सबै क्षेत्रमा देखिएको छ । नुवाकोटको ऐतिहासिक एंव धार्मिक देविघाट र सिन्दुरे जात्रा यसवर्ष नहुने भएको छ । शाक्य सम्वत् १६९० देखि निरन्तर सञ्चालन हुँदै आएको नुवाकोटको प्रशिद्ध भैरवी वर्ष बन्धन (देविघाट र सिन्दुरे जात्रा) का सबै कार्यक्रम स्थगित भएको छ ।

राज्यले २५ जना भन्दा बढी भेला हुन र भिडभाड गर्न नपाईने निर्णय गरिसकेको सन्दर्भमा जात्रा सञ्चालन हुन नसक्ने भएकाले स्थगन गर्ने निर्णय गरिएको द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभएको छ । द्वारे शाहीका अनुसार जात्रा स्थगन गर्ने निर्णयानुसार चैत्र १२ गते हुने नारायण जात्रालगायतका सबै धार्मिक र तान्त्रिक अनुष्ठान अनुकुल अवस्था भएपछि सञ्चालन गर्ने गरी स्थगन गरिएको हो ।