चौतारी र ॐ श्री गोसाइँकुण्ड एकिकरण

  • त्रिशूली प्रवाह
  • २ माघ २०७७, शुक्रबार १४:५८
Logo of trishuli prawaha

विदुर, चौतारी बचत तथा ऋण सहकारी संस्था लि.ले १२औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेर एकिकरण गर्ने प्रस्ताव पारित गरेको छ ।

      सहकारी ऐन २०७४ अनुसार एकै क्षेत्रका सहकारी संस्था एकिकरण गर्दै जानुपर्ने नीतिअनुसार चौतारी बचत तथा ऋण सहकारी संस्था लि. विदुर र ॐ श्री गोसाइँकुण्ड बहुउद्देश्यीय सहकारी संस्था लि. बट्टारबीच एकिकरणको लागि विगत ६ महिनादेखि अगाडी बढाईएको प्रक्रियालाई साधारणसभाले पारित गरेको छ । साधारणसभाले पारित गरेसँगै एकिकरणको कार्य अगाडी बढ्ने सचिव सुकुमान डंगोलले बताउनु भयो । ५०० मासिक जम्मा गर्दै दुई वर्षसम्म समूहमा रहेका सदस्यको १५ हजार शेयर पुँजी कायम गरी २०६६ सालमा सहकारी स्थापना गरिएको थियो । सहकारी संस्थामा हाल शेयरपुँजी ८८ लाख ६९ हजार २ सय रहेको छ । सहकारीमा १ हजार २ सय ५ जना शेयर सदस्य रहेका छन् । सहकारीले आ.व.२०७६/०७७ मा ४ करोड ६७ लाख ५२ हजार ३ सय २१ निक्षेप संकलन र ४ करोड ३ लाख ४१ हजार ६ सय ९६ निक्षेप फिर्ता र १ करोड ७५ लाख ७४ हजार ४ सय ३० ऋण लगानी गरेको जानकारी अध्यक्ष गोपालबहादुर सापकोटाले दिनुभयो । सहकारीले सो आ.व.मा १ लाख ७३ हजार ३ सय ८ रूपैयाँ नाफा आर्जन गरेको थियो ।