तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २८ श्रावण २०७८, बिहीबार १३:३१
Buddha Eyes

क्षमतावान् अनुभवी कुशल कर्मचारीलाई नुवाकोटमा ठाउँ छैन । आएकालाई पनि ढ्याङ्ग्रो ठटाएर खेद्ने संस्कारले बेथितिमै नागरिक सेवा ! पञ्चायत, राजा विस्थापित गरेर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आए पनि जिल्लाको अवस्था उही चाकडी, चाप्लुसी र दयनीय ! जिल्लामा आएको साधान, स्रोत फिर्ता हुने क्रम बढ्दो छ भने अख्तियारी दुरुपयोग देख्दा जनताले गुहार्ने ठाउँ नदेख्दा ट्वाँ ! गत वर्ष प्रशासकलाई खेद्न समूह अहिले त्रिशूली अस्पताललाई फेल गराउन न्वारानदेखिका बल निकालेर तम्सिएपछि एम्बुलेन्सचालक र सञ्चालक लगानी गर्न तँछाड-मछाड ! अस्पतालको सेवा सुदृढ हुँदा र स्वास्थ्यकर्मी थपिँदा स्वास्थ्य क्षेत्रमा ब्रह्मलुट गर्ने गिरोह अहिले मेसु पाण्डेलाई पठाउने तानाबाना बनाउँदा सिडिओ कार्जेलयको अहिलेको अवस्थामा पुग्ने हो कि भन्ने चिन्तामा पेसेवर नागरिक अभियन्ता !