+
Search

ताजा अपडेट +

पपुलर +

फ्रान्समा नेपाली सांस्कृतिक टोलीको उत्कृष्ट प्रस्तुति

फ्रान्समा नेपाली सांस्कृतिक टोलीको उत्कृष्ट प्रस्तुति
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

काठमाडौँ । एभरेस्ट नेपाल कल्चरल ग्रुप गत हप्ता फ्रान्समा नेपाली संस्कृतिको सप्तरङ्गी झल्को प्रस्तुत गर्दै स्वदेश फर्किएको छ । संस्थापक अध्यक्ष डा.आरसी कोइराला ‘रामचन्द्र’को नेतृत्वमा गएको सांस्कृतिक टोलीले फ्रान्सको सैंट-मैक्सन सहरमा आयोजित ३८औँ अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेलामा सहभागिता जनाउँदै नेपाली संस्कृतिको प्रस्तुत गरेर फर्केको हो ।

Utsuk Books & Stationery

बागमती बोर्डिङ माध्यमिक विद्यालय, सुकेधाराका प्रधानाध्यापक श्यामदत्त अधिकारीको संयोजनमा विद्यार्थीको सक्रिय सहभागिता थियो । टोलीमा कल्चरल ग्रुपका संस्थापक अध्यक्ष डा.कोइरालासँगै सदस्य तथा लालीगुराँस नेसनल एकेडेमीका सहप्रधानाध्यापक सुजिता काफ्ले उदास, बागमतीका विद्यार्थी सुरभी अर्याल, कसिश भट्टराई, सदीच्छा महत, आहना कार्की, श्रुतिरानी गिरी, शुभाञ्जली सापकोटा, शुभमसम्राट घले, आध्या अधिकारी, आर्नवी गौतम, सम्पदा ओली, आयुश मिश्र, समृद्धि पौड्याल, आयुषा मिश्र र सम्बन्ध सिवाकोटीको सहभागिता थियो । मेलामा नेपाली मौलिकता झल्काउने सपना महर्जनको निर्देशनमा मारूनी, कौरा, गर्रा, यति, कुमारी, झ्याउरे तथा थाली नृत्य प्रस्तुत गरिएको थियो ।

फ्रान्स भ्रमणको संयोजन र व्यवस्थापन कल्चरल ग्रुपका निर्देशक शीतल आचार्यले गर्नुभएको थियो । मेला अवधिभर विद्यार्थीले विभिन्न विद्यालयको अवलोकन गरी शैक्षिक तथा सांस्कृतिक आदानप्रदान गरेका थिए । सो क्रममा प्रधानाध्यापक अधिकारीले भविष्यमा फ्रान्स र नेपालका विद्यालयबिच कार्यक्रम विस्तार गर्ने पहल गरिने जानकारी दिनुभयो । समूहका प्रमुख डा.कोइरालाले स्थानीय नगरपालिकाका प्रमुख, आयोजक तथा अन्य कल्चरल सङ्घसंस्थासँग भेटघाट गरेर नेपालमा सांस्कृतिक पर्यटन प्रवद्र्धनका सम्भावनाबारे छलफल गरेको ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो । सरकारी तथा गैरसरकारी निकायका सहकार्यमा दुई देशबिच सांस्कृतिक कार्यक्रमलाई भविष्यमा अझ विस्तार गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह