कालिका सहकारीको अध्यक्षमा न्यौपाने

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १३:०५

धुन्चे, रसुवा जिल्लामा रहेको कालिका बचत तथा ऋण सहकारी संस्थाको हालै सम्पन्न बिसांै वार्षिक साधारणसभा तथा अधिवेंशनबाट नयाँ कार्यसमिति सर्वसम्मत् चयन भएको छ ।

अधिवेंशनले सञ्चालक समितिको अध्यक्षतामा झंकनाथ न्यौपाने, उपाध्यक्षमा योगमाया ढकाल, कोषाध्यक्षमा नवराज घिमिरे, सचिवमा प्रविण घिमिरे र सदस्यमा गंगाधर न्यौपाने, कृष्णप्रसाद न्यौपाने, सावित्री न्यौपाने, अम्बिका न्यौपाने, बलराम ढकाल रहेका छन् ।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा रमेश लामिछाने र सदस्य मोचनाथ धिताल, सिता न्यौपाने चयन भएका छन् । त्यसैगरी, ऋण समितिको संयोजकमा भानुभक्त पुडासैनी, सदस्यमा कृष्णदत्त न्यौपाने, जानुकादेवी देवकोटा र बचत परिचालन समितिको संयोजकमा भानुभक्त पुडासैनी, सदस्यमा शिवप्रसाद घिमिरे, जानुका देवकोटा, जिवप्रसाद न्यौपाने र तोयानाथ लामिछाने चयन भएका छन् ।