रसुवाको पाँचवटै गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • त्रिशूली प्रवाह
  • १५ बैशाख २०७९, बिहीबार ११:०७

धुन्चे, आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवा जिल्लाको पाँचवटै गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चेमा गत बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित अरू चार गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । नौकुण्ड गाउँपालिकाको पारच्याङ, आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेत, उत्तरगया गाउँपालिकाको खाल्टे, कालिका गाउँपालिकाको कालिकास्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने गोसाइँकुण्ड गाउँपालिकालाई हेर्ने गरी रसुवा जिल्ला अदालतमा मुख्य निर्वाचन कार्यालय स्थापना भएको छ । आमाछोदिङ्मो गाउँपालिकामा शान्तिप्रसाद लुइँटेल, नौकुण्ड गाउँपालिकामा कल्पना खतिवडा, कालिका गाउँपालिकामा अशोकराज रेग्मी, उत्तरगयामा मुना अधिकारी ढकाललाई निर्वाचन अधिकृत तोकिएको छ । जिल्लामा ३८ हजार पाँच सय सय ४५ मतदाता रहेका छन् । १९ हजार ६ सय ८९ पुरुष र १८ हजार आठ सय ५६ महिला मतदाता रहेका छन् भने ३४ मतदानस्थल, ५१ मतदान केन्द्र रहेका छन् ।