राहदानीको अनलाइन फारम निःशुल्क भर्ने

  • त्रिशूली प्रवाह
  • १२ माघ २०७९, बिहीबार ११:३६

धुन्चे, जिल्ला प्रशासन कार्यालय रसुवाले राहदानीका लागि अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था गत हप्तादेखि गरेको छ ।

माघ ५ गतेबाट कार्यालयका कर्मचारीमार्फत कार्यालयमा नै निःशुल्क रूपमा अनलाइन फारम भर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । दैनिकजसो १० देखि १२ जना सेवाग्राहीले राहदानी प्राप्तिका लागि आवेदन अनलाइन फारम भर्ने गरेकोसमेत उनले बताए । नियम पु¥याएर कार्यालयमा पेस भएका सेवाग्राहीको मागपत्रलाई ५ गतेदेखि नै सम्बोधन गर्दै कार्य सम्पादन गरिरहेको कार्यालयले जानकारी दिएको छ । निःशुल्क रूपमा फारम भर्ने व्यवस्था मिलाएको कारण सेवाग्राहीले राहत महसुस गरिरहेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । साथै, कुनै ठाउँमा आपत्कालीन अवस्था रहे विपत् व्यवस्थापनका लागि सबै सुरक्षा निकायलाई तयारी अवस्थामा रहनसमेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।