
सौभाग्य नगरमा चित्रबाहु नामका राजा थिए । तिनकी चन्द्रकला नामकी ज्यादै पतिव्रता रानी थिइन् । राजा ज्यादै विष्णुभक्त थिए । एक दिन तिनका दरबारमा अगस्त्य ऋषि आउनुभयो । राजाले बडो आदरसँग स्वागत, सत्कार गरेर हजुुरजस्ता श्रीकृष्णका भक्तलाई म राज्य नै समर्पण गर्दछु भनेर राज्य दिए । अगस्त्यले भने, हे राजन मेरा आज्ञाले नै यो राज्य सञ्चालन गर्नुहोस् । अनि रानी चन्द्रकलाले पनि मुनिलाई अत्यन्त भक्तिले प्रणाम गरिन् । उनलाई सौभाग्यवती भव भनेर आशीर्वाद दिए । अनि मुनि हिँड्न लागेका थिए, राजाले सोधे – हे ऋषिवर यो यत्रो अकन्टक राज्य मैले कुन पुन्यका प्रभावले गर्दा पाएको होला ? अगस्त्यले भन्नुभयो – हे राजन, तपाईं पूर्वजन्ममा चमत्कारपुरमा मणिग्रिव नामका शुद्र हुनुहुन्थ्यो । यी तपार्इंकी रानी चन्द्रकला सुन्दरी नामकी मणिग्रिवकी पत्नी थिइन् । तिनी सुन्दरी ज्यादै पतिव्रता थिइन् । त्यसबेला ती मणिग्रिव ज्यादै दुष्ट स्वभावका र पापकर्ममा लागेका हुँदा सबै दाजुभाइले त्यागेका थिए । दाजुभाइले पछि राजाको सबै धन अपहरण गरी देशनिकाला गरिदिए । तर, पत्नीले भने उनीप्रति कहिल्यै दुर्भाव राखिनन् । बाँच्नै मुस्किल परेको हुँदा पत्नीसहित मणिग्रिव जङ्गलमा गए र अनेक जीव–जन्तुको हत्या गरेर जीवन निर्वाह गर्दै रहेका थिए । एक दिन उग्रदेव नामका एक ब्राह्मण जङ्गलमा बाटो बिराएर तिर्खाले पीडित भई बेहोस भएर ढले । मणिग्रिवले उठाएर आश्रममा लगे । केहीबेरमा ब्राह्मणको होस खुल्यो । अनि म कहाँ आएँ भनेर अश्चर्यमा परे । मणिग्रिवले हातमा समाएर तलाउमा पु¥याए । उनले स्नान सन्ध्या गरेपछि मणिग्रिवले पत्नीलाई फलफूल ल्याउन भने । उनले फलफूल ल्याएर ब्राह्मणका अगाडि राखेपछि तिमीहरू को हौ ? नचिनेकाले दिएको खानुहुँदैन भन्ने शास्त्रमा वर्णित छ भने । अनि मणिग्रिवले भने– म मणिग्रिव नामको शुद्र हुँ, यी मेरी पत्नी सुन्दरी हुन् भनेपछि उग्रदेवले फलफुल खाए । अनि मणिग्रिवले सोधे– को हुनुहुन्छ र कता जान आउनुभएको हो ? उग्रदेवले भने– म उग्रदेव नामको ब्राह्मण हुँ, प्रयाग जान लागेको बाटो भुलेँ । अनि मणिग्रिवले सोधे– हे प्रभु मेरा दुःख दरिद्र नास हुने कुनै उपाय भए बताइदिनुहोस् न । अनि उग्रदेवले भने– मर्न आँटेको मलाई तिमीहरूले उद्धार गरेका हुँदा म तिमीहरूको पनि दुःख नास गर्ने उपाय बताउँछु सुन ।
‘बिना ब्रतैबिना तिर्थैर्बिना दानैरयत्नतः ।
दारिद्र्यं ते लयं याति तथा निर्धारितं मया ।।’
पुरुषोत्तममास महात्म्य २४/११ अर्थात् व्रत, तीर्थ, दान आदि बिना सजिलैसँग तिमीहरूको दरिद्रता नास हुने एउटा उपाय मैले निश्चित गरेको छु । त्यो के हो भने आजका तीन महिनापछि पुरुषोत्तममास आउँछ, त्यसमा पुरुषोत्तम भगवान्का प्रसन्नताका लागि विधिपूर्वक दीपदान (बत्ती बाल्ने काम) गर्नु । यसबाट भगवान् पुरुषोत्तम प्रसन्न भएर दुःख, दरिद्र र पाप नास गरी सुख, समृद्धि प्रदान गर्नुहुनेछ । भनिएको छ
‘वेदोक्तानि च कर्माणी दानानी विविधानि च ।
पुरुषोत्तमदीपस्य कलां नान्तत षोडशीम् ।।’
कृच्छ्रचान्द्रायणादिनी ब्रतानी निखिलानी च ।
पुरुषोत्तमदीपस्य कलां नार्हन्त षोडशिम् ।।’ पुरुषोत्तममाहात्म्य – २४/१९, २२
अर्थात् वेदोक्त सबै कर्म, दान, चान्द्रायण आदि व्रत, तीर्थस्नान, बेदाभ्यास, योगाभ्यासादि सबै कुराभन्दा पुरुषोत्तममासमा दीपदान गर्दाको पुन्य ठूलो हुन्छ । यसबाट समस्त पाप, दुःख दरिद्र नास भई आफ्ना सबै मनोकामना पूर्ण हुन्छ । त्यसकारण पुरुषोत्तममासमा दीपदान गर, तिमीहरूको दुःख, दरिद्र, पाप सबै नास भई स्वर्गलोकको सुख भोगसमेत प्राप्त गर्नेछौ भनेर उग्रदेव ब्राह्मण पुरुषोत्तम भगवान्लाई सम्झँदै प्रयागतिर लागे । मणिग्रिव र सुन्दरीले पनि पुरुषोत्तम भगवान्लाई सम्झना गर्दै रहे । तीन महिनापछि पुरुषोत्तममासमा चिउरीका घ्यूमा पुरुषोत्तम भगवान्का प्रसन्नताका निम्ति विधिपूर्वक अखण्ड दीपदान गरे । त्यस पुन्यका प्रभावले उनीहरूको दरिद्रता र पाप नास भई सुख, समृद्धि प्राप्त भयो । कालान्तरमा उनीहरूको देह विसर्जन भएपछि स्वर्गमा गएर धेरै समयसम्म स्वर्गीय भोग भोगी त्यहाँबाट पृथ्वीमा त्यही मणिग्रिव नै चित्रबाहु राजा भएर तपाईंले राज्यभोग गर्दै हुनुहुन्छ । मणिग्रिवकी पत्नी सुन्दरी नै तपाईंकी रानी चन्द्रकला भएर जन्मिएकी हुन् । हे राजन हेर्नाेस्, यो सबै ऐश्वर्य पूर्वजन्ममा पुरुषोत्तममासमा दीपदान गरेका पुन्यका प्रभावले प्राप्त भएको हो । पुरुषोत्तम भगवान् भनेका सबैभन्दा ठूला देवता हुन् । पुरुषोत्तमको ब्रत भनेको सबैभन्दा ठूलो व्रत हो भनेर अगस्त्य ऋषि आफ्ना आश्रमतिर जानुभयो । राजा चित्रबाहु र रानी चन्द्रकलाले पनि यो सबै पुरुषोत्तमको प्रसाद रहेछ भन्ने ठानी निरन्तर पुरुषोत्त भगवान्मा चित्त लगाई राज्यभोग गर्दै अन्त्यमा उत्तम गति प्राप्त गरे । त्यसकारण पुरुषोत्तममासमा दीपदान गर्नु सबैभन्दा ठूलो पुन्य भएको हुँदा हामी पनि यथाशक्य व्रत बसी दीपदान गरौँ । स्नान, दान, जप, पाठ आदि गरी राधासहित पुरुषोत्तमको पूजा–आराधना गरिसके महिनादिन नै, नभए १५, १० र पाँच दिन, नसके कम्तीमा एक दिन, एक रात मात्रै भए पनि दीपदान गरौँ । एक दिन मात्रै भए पनि काँसका थालमा ३३ मालपुवा दान गरौँ, हाम्रो पनि अवश्य कल्याण हुनेछ । (क्रमशः……)
पुरुषोत्तममासको व्रत लिन सबै नियम पालन गर्न र विधिपूर्वक पूजा गर्न नसके पनि अथवा व्रत लिएर यथाशक्य नियम पालन गरी पूजा गर्न सके पुरुषोत्तममासमा मालपुवा दान गर्ने विधि र संकल्पस्वरूप यस्तो छ । अथ कांश्यपात्र सम्पुटदानम् । सर्वप्रथम आचमन गरी कर्मपात्र बनाएर प्रतिज्ञा सङ्कल्प गरी ब्राह्मण वरण गर्ने ॐ अद्येह अमुकगोत्रः अमुकप्रवरः अमुकनामशर्माहम्अ/मुकनामदेवी अहम्म/म पुरुषोत्तममास
ब्रतसिद्धये सोपस्करं त्रयत्रिंशद पूपदानमहं करिष्ये, तत्कर्मणी अमुकगोत्रम् अमुकनामशर्माणं ब्राह्मणम् अपूपदान ग्रहीतृत्वेन त्वामहं वृणे ।
इति संकल्प्य ब्राह्मणवरणं कुर्यात् । ब्राह्मणलाई वरण गर्ने अनि प्रायश्चित्त गोदान गर्ने । त्यसपछि पहिले काँसका थालमा तल लेखिएका १/१ भगवान् पुरुषोत्तमका नाम पढ्दै क्रमशः
एउटा–एउटा मालपुवा राख्दै ३३ वटा मालपुवा काँसका थालमा राख्ने । ती नाम यसप्रकार छन् –
१) ॐ विष्णवे नमः, २) ॐ जिष्णवे नमः, ३) महाविष्णवे नमः, ४) ॐ हरये नमः, ५) ॐ कृष्णाय नमः, ६) ॐ अधोक्षजाय नमः, ७) ॐ केशवाय नमः, ८) ॐ माधवाय नमः, ९) ॐ रामाय नमः, १०) ॐ अच्युताय नमः, ११) ॐ पुरुषोत्तमाय नमः, १२) ॐ गोबिन्दाय नमः, १३) ॐ वामनाय नमः, १४) श्रीशाय नमः, १५) ॐ श्रीकण्ठाय नमः, १६) ॐ विश्वसाक्षिणे नमः, १७) ॐ नारयणाय नमः, १८) ॐ मधुरीपवे नमः, १९) ॐ अनिरुद्धाय नमः, २०) ॐ त्रिविक्रमाय नमः, २१) ॐ वासुदेवाय नमः, २२) ॐ जगद्योनये नमः, २३) ॐ अनन्ताय नमः, २४) ॐ शेषशायिने नमः, २५) ॐ सङ्घर्षणाय नमः, २६) ॐ प्रद्युम्नाय नमः, २७) ॐ दैत्यारये नमः, २८) ॐ विश्वतोमुखाय नमः, २९) ॐ जनार्दनाय नमः, ३०) ॐ धरावासाय नमः, ३१) ॐ ब्रह्मणे नमः, ३२) ॐ भास्कराय नमः, ३३) ॐ श्रीपतये नमः, इति । त्यसपछि काँसका अर्का थालले ढाकी पहेँलो वस्त्रले छोपेर त्यसलाई धागोले सात फेरा बाँधेर ब्रह्माण्डको प्रतिनिधि बनाउने ।
दुईवटा काँसको थाल नभए टपरीले छोप्ने र पहेँलो कपडाले छोपी धागाले सातफेरा बाँध्ने । काँसको थाल एउटा पनि गर्न नसक्नेले पनि टपरीमा राखेर टपरीले नै छोपी धागोले बाँधेर भए पनि गर्दा उत्तम हुन्छ । त्यसपछि काँसका कचौरामा घ्यू, सुवर्णप्रतिमा र बोगतामा काला तिल राखी तिलमा पुरुषोत्तको प्रतिमा राखेर त्यसलाई सम्पूर्ण मालपुवामाथि राखी पूर्वाेक्त उनै (माथिका) ३३ नामले तिल, तुलसीपत्र, मञ्जरी फूल आदिले पूजा गरी धूप, बत्ती, नैवेद्य चढाउने । त्यसपछि पुष्पाञ्जली गर्ने । पुष्पाञ्जली गर्ने मन्त्र यसप्रकार छ –
‘ॐ बन्दे नवघनश्यामं द्विभुजं मुरलीधरम् ।
पिताम्बरधरं देवं सराधं पुरुषोत्तमम् ।।
नौमी नवघनश्यामं पितवाससमच्युतम् ।
श्रीवत्सभासितोरस्कं राधिकासहितं हरिम् ।।
विश्वेश्वराय विश्वाय तथा विश्वोद्भवाय च ।
नमो : विश्वपते ! तुभ्यं गोविन्दाय नमो नम : ।।’ इति ।
त्यसपछि सङ्कल्पपूर्वक दान गर्ने । पूजा गरिएका ३३ मालपुवा (अपुप)बाहेक अरू चढाएका नैवेद्य मालपुवामध्ये केही नैवेद्य सबैलाई बाँड्नका लागि अलग्ग राखेर अपुपदान संकल्प गर्ने– अपुपदान सङ्कल्प यसप्रकार छ – ॐ अद्येह अमूकगोत्रः/अमूकगोत्रा/अमूकप्रवरः अमूकनामशर्माहं/अमूकनामदेवी अहम्/ (बर्माहम्, गुप्तोहम् इत्यादि) मम पुरुषोत्तममासी विपुल लक्ष्मीपुत्र पौत्रायुरारोग्यैश्वर्य भुक्तिमुक्ति प्राप्तिपूर्वकं ब्रह्माण्डदानजन्य फलावाप्तये सकलान्त बाह्यपाप विशुद्धिद्वारा भगवत्पुरुषोत्तमप्रितये यथामिलितोपचारैः विष्णवादिश्रीपति प्रयन्तत्रयत्रिंशद्देवतात्मक विष्णुरूपिसहस्रां शुभगवत्पुरुषोत्तम नारायणपूजनपूर्वकं पुरुषोत्तममास पर्वव्रतपरिपूर्तये पुरुषोत्तमब्रतजन्य फलसिद्धिद्वारा पुरुषोत्तमप्रितये त्रयत्रिंशदपूपोपेतं कांश्यपात्र – सुवर्ण – घृत – ताम्बूल – फल – दक्षिणादिसोपस्करं पुरुषोत्तमदैवतम् अद्येह अुकगोत्राय अमुकनामशर्मणे सुपुजिताय पुरुषोत्तमस्वरूपाय ब्राह्मणाय तुभ्यमहं सम्पददे ॐ तत्सत् नमम । इति ब्राह्मणहस्ते दद्यात् । ततः प्रार्थनां कुर्यात – विष्णुरूपिन् सहस्रांशो सर्वपापप्रणाशन ! अपूपान्नप्रदानेन मम पापं ब्यपोहतु ।। नारायण जगद्बिज भास्करप्रतिरूपक ! दानेनानेन पुत्राँश्च सम्पदश्च विवर्धय ।। यस्य हस्ते गदाचक्रे गरुडो यस्य वाहनः । शङ्खः करतले यस्य स मे विष्णुः प्रसिदतु ।। इति प्रार्थनां कृत्वा दानप्रतिष्ठा दद्यात् । दाप्रतिष्ठा संकल्प ः ॐ अद्य कृतैतत् पुरुषोत्तमास पर्वव्रतपूर्तिनिमित्तक कांश्यपात्रस्थित त्रयत्रिंशदपूपोपेत सुवर्ण घृतताम्बूलफलादि दानसाङ्गता सिद्ध्यर्थमिदं दानप्रतिष्ठा द्रव्यं विष्णुदैवतम् अद्येह अमुकगोत्राय अमुकनामशर्मणे पूर्वदानग्रहीत्रे ब्राह्मणाय तुभ्यमहं सम्प्रददे, तत् सत् न मम भनि ब्राह्मणलाई दिने । अनि पूर्णपात्रो र सिधा दक्षिणा आदि गर्ने ।
ततः ॐ यस्य स्मृत्या च नामोक्त्या तपो यज्ञक्रियादिषु । न्यूनं सम्पूर्तां याति सद्यो बन्दे तमच्युतम् ।। ॐ चतुर्भिशच चतुर्भिश्च द्वाभ्यां पञ्चभिरेव च । हूयते च पुनर्द्वाभ्यां स मे विष्णुः प्रसीदतु ।। ॐ अच्युताय नमः । ॐ अच्युताय नमः । ॐ अच्युताय नमः, ॐ सराधाय पुरुषोधत्तमाय नमः । ॐ सराधाय पुरुषोधत्तमाय नमः । ॐ सराधाय पुरुषोत्तमाय नमः । भनेर तीनपटक भन्ने । अनि हात जोडेर फेरि प्रार्थना गर्ने – ‘तव तत्त्वं नजानामी किदृशोक्सी महेश्वरः । यादृशोक् सि महादेव तादृशाय नमो नमः ।।’ भनेर भूमिमा प्रणाम गर्ने । ततः कायेन वाचेति कर्म समर्पणं कुर्यात् । ततः ब्राह्मणहस्तेन प्रसादाशीर्वादादिकं गृहित्वा ब्राह्मणभोजनं च कारयेत् ।। पूजा गर्दा चढाएको नैवेद्य सबैलाई प्रसाद बाँड्ने र ब्राह्मणका आज्ञाले आफूले पनि प्रसाद ग्रहण गर्ने । इति ।
– विनपा–५ द्वारपाल, देवीघाट, नुवाकोट