तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २० बैशाख २०८१, बिहीबार १३:०६
Buddha Eyes

गणतान्त्रिक व्यवस्था ल्याउने दलको अप्रजातान्त्रिक क्रियाकलापले जनता सकसमा ! काङ्ग्रेस र एमालेमा मर्यादाक्रमको झगडाले नुवाकोटमा पार्टीको कार्यक्रममा एक पक्षको अनुपस्थित हुनु नौलो कुरा रहेन । एमालेको नगर पदाधिकारीको शपथग्रहणमा आयोजकले प्रमुख अतिथिलाई मर्यादाक्रम तोक्नका लागि अनुनय–विनय नै गर्नुप¥यो । काङ्ग्रेसको भने विधानविपरीतको जिल्ला सम्पर्क समिति र प्रदेश सभाको क्षेत्रीय भेला एकै दिन भिडाउँदा गुट छताछुल्ल, कार्यकर्ता अलमल्ल । प्रदेशबाटै छानिएर गएका नेता एवम् निर्वाचित सांसद प्रदेश सभाको कार्जेक्रममा नदेख्दा कार्यकर्ता निराश । केसी र महतको मर्यादाक्रममा म ठूलो भन्ने जुँगाको साँढे प्रवृत्तिले मिसन ८४ सम्म नुवाकोटमा बिउ जोगाउन मुस्किल पर्ने हो कि भन्ने चिन्ताले जिल्ला सभापतिको निदहराम !