खेलकुद

  • दोस्रो जिल्ला समन्वय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    २१ असार २०८०, बिहीबार १२:३९

    बट्टार, दोस्रो जिल्ला समन्वय ब्याडमिन्टन प्रतियोगिता ०८० शनिबार सम्पन्न भएको छ । नुवाकोट जिल्ला समन्वय समितिको आयोजनामा गत बिहीबारबाट सञ्चालन भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो । प्रतियोगिता जिल्ला खेलकुद विकास समिति नुवाकोट र जिल्ला ब्याडमिन्टन सङ्घ नुवाकोटको प्राविधिक तथा व्यवस्थापनमा सञ्चालन भएको थियो । प्रतियोगितामा बी लेभल फाइनलमा नारायण दिवाली र रोशन अधिकारीको […]

  • एसइई कप फुटसलमा नागिनीथान विजयी

    २१ बैशाख २०८०, बिहीबार १२:१९

    बट्टार, नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा भएको दोस्रो जिल्लास्तरीय एसइई फुटसल कप प्रतियोगितामा नागिनीथान युवा क्लब विजयी भएको छ । नुवाकोट फुटसलमा सोमबार भएको फाइनल खेलमा नागिनीथानले विदुर नगरपालिका६ लाई ३-१ गोल अन्तरले हराउँदै विजयी भएको हो । सेमिफाइनलमा नागिनीथानले महेन्द्र माविलाई र वडा नम्बर-६ ले सुभेनियर बोर्डिङलाई हराउँदै फाइनल प्रवेश गरेका थिए । विजेता […]

  • नुवाकोट प्रदेशस्तरीय भलिबल खेल्दै

    ५ माघ २०७९, बिहीबार ११:३०

    सुनील श्रेष्ठ विदुर, बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगितामा नुवाकोटले पनि सहभागिता जनाएको छ । माघ ४ गतेदेखि ७ गतेसम्म हुने रामेछापको सदरमुकाम मन्थलीमा हुने भलिबल प्रतियोगिताका लागि खेलकुद महासङ्घ नुवाकोटका इन्चार्ज कमल श्रेष्ठको टिमलाई जिल्लाबाट मंगलबार बिदाइ गरिएको हो । नेपाल खेलकुद महासङ्घ बागमती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाका टोलीले भाग […]

  • प्रथम सदरमुकाम कप आरूखर्कलाई

    २५ मंसिर २०७९, आईतवार १०:५७

    सरस्वती न्यौपाने धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–६ धुन्चेमा मंसिर १३ गतेदेखि १७ गतेसम्म सञ्चालित प्रथम सदरमुकाम भलिवल कप प्रतियोगितामा नौकुण्ड गाउँपालिकाको आरूखर्क टिमले हात पारेको छ । धुन्चेबजार क्लबले आयोजना गरेको उक्त सदरमुकाम कप ५ दिनसम्म सञ्चालन भएको थियोे । उक्त प्रतियोगितामा जिल्लाभरबाट ९ टिमको सहभागिता रहेको थियो । ८ टिमलाई पछि पार्दै […]

  • तेक्वान्दो क्विन वैद्य युएईमा सम्मानित

    २४ कार्तिक २०७९, बिहीबार १२:१६

    विदुर, नुवाकोट सेवा समाज युएईले तेक्वान्दो क्विन संगिना वैद्यलाई सम्मानित गरेको छ । वैदेशिक भ्रमणको सिलसिलामा युएईमा रहेकी कीर्तिमानी खेलाडी वैद्यलाई युएई समाजले गत आइतबार एक कार्यक्रमबीच सम्मानपत्रसहित सम्मान गरिएको समाजका अध्यक्ष वासुदेव ढुङ्गानाले जानकारी दिए । वैद्यले राष्ट्रिय टिमका साथै विभागीय टोली नेपाली सेनाको प्रशिक्षण सम्हाल्दै विभिन्न सफलता हासिल गरेकी थिइन् । नेपालले १३औँ […]

  • भलिबलको उपाधि ज्याङलाङलाई

    १७ कार्तिक २०७९, बिहीबार १४:४०

    सरस्वती न्यौपाने धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चेमा कात्तिक २ गते सञ्चालित तेस्रो अकियास भलिबलको उपाधि ज्याङलाङ टिमले जितेको छ । शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्ज्वलित समाज (अकियास) द्वारा सञ्चालित भलिबल प्रतियोगिता कात्तिक २ गतेदेखि ६ गतेसम्म सञ्चालन भई १० टिमले भाग लिएका थिए । नौ टिमलाई पछि पार्दै ज्याङलाङ प्रथम भई नगद ३० हजारसहित […]

  • फुटसलको उपाधि अर्किडलाई

    ३० असार २०७९, बिहीबार १३:००

    बट्टार, युनाइटेड फुटबल क्लबको आयोजनामा भएको अन्तरविद्यालय फुटसलको उपाधि अर्किड एकेडेमीले हात पारेको छ । शनिबार भएको छात्रातर्फ फाइनलमा सुभेनियर बोर्डिङलाई एक गोलअन्तर र छात्रतर्फ च्वाडी माध्यमिक विद्यालयलाई दुई गोल अन्तरले हराउँदै दुवै विधामा अर्किडले उपाधि उचालेको हो । छात्रातर्फको खेलमा अर्किडकी विपना तामाङको एक गोल नै निर्णायक गोल बन्यो । छात्रतर्फ अर्किडकै सन्देश केसी […]

  • रनिङ शिल्डको ट्रफी कालिका गाउँपालिकालाई

    २३ असार २०७९, बिहीबार १२:२८

    धुन्चे, रसुवा जिल्लामा भएको ९ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता असार २० गते सम्पन्न भएको छ । उक्त प्रतियोगिताको रनिङ शिल्डको ट्रफी कालिका गाउँपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समिति रसुवाको आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगितामा १४ स्वर्ण, ३ रजत, ५ कास्य गरी २४ पदक जितेर कालिका गाउँपालिका प्रथम भएको थियो । ९ […]

  • रेस्लिङ प्रतियोगितामा नुवाकोटे टाइगर विजयी

    ८ बैशाख २०७९, बिहीबार १२:०५

    समुन्द्रटार, नेपाल रेस्लिङ सङ्घ नुवाकोट शाखाको आयोजनामा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको रामतीमा सम्पन्न दोस्रो आरडब्लू समर स्लामको हेभिवेट च्याम्पियनको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । नुवाकोटे टाइगरले डेभिडलाई पराजित गरेर हेभिवेट च्याम्पियनको उपाधि जितेका हुन् । डेभिड यसअघि वसन्तपुरमा भएको पहिलो हेरिटेज रिङ रेस्लिङका हेभिवेट च्याम्पियन हुन् । जितसँगै नुवाकोटे टाइगरले ८५ हजार नगद प्राप्त गरेका […]

  • वैशाख १ गते दुप्चेश्वरमा रेस्लिङ प्रतियोगिता

    २४ चैत्र २०७८, बिहीबार १६:३२

    काठमाडौं, नेपाल रेस्लिङ सङ्घ नुवाकोट शाखाको आयोजनामा वैशाख १ गते दुप्चेश्वर गाउँपालिकामा दोस्रो आरडब्लू समर स्लाम रेस्लिङ प्रतियोगिता हुने भएको छ । नुवाकोट शाखाले काठमाडौंमा पत्रकार सम्मेलन गरेर जिल्ला सङ्घले महत्वाकाङ्क्षी प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएको थियो । करिब १२ लाखभन्दा बढी बजेटमा सञ्चालन हुने प्रतियोगितामा चर्चित पाँच विधामा प्रतिस्पर्धा गराइनेछ । आयोजकका अनुसार […]