हेटौँडा । नुवाकोट जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले विजय गुरुङलाई चार वर्षका लागि नियुक्त गरेको छ । जिल्लाको म्यागङ गाउँपालिका-३ का गुरुङलाई परिषद्ले चार वर्षका लागि नियुक्त गरेको सदस्यसचिव दीपक लामाले जानकारी दिए ।

प्रदेश खेलकुद विकास ऐन, २०७५ को दफा १२ उपदफा (१) तथा प्रदेश खेलकुद विकास नियमावली, २०७६ र (संशोधनसहित) को नियम (३) उपनियम १ (क) मा भएको व्यवस्थाअनुसार गुरुङ नुवाकोट जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा नियुक्ति भएका छन् । जिल्लामा सबै खेल विधालाई चलायमान बनाउने प्रतिबद्धता उनले जनाएका छन् । यसअघि समितिमा सुरेन्द्रराज अधिकारी, राम थापा, उत्तम पाठक, सुवास तामाङ, बुद्धिबहादुर प्रधान, बुद्धिमान तामाङ र सन्तोष राईले अध्यक्ष भएर कार्य गरिसकेको कार्यालय प्रमुख सन्तोषी वैद्यले जानकारी दिए ।
प्रतिक्रिया