खेलकुद

  • विदुरको विन्द्रला र गणेश समूहबीच मैत्रीपूर्ण फुटबल

    १५ चैत्र २०८०, बिहीबार १२:१२

    बट्टार, फागु पूर्णिमाको अवसरमा नुवाकोट जिल्लाको सदरमुकाममा रहेको विदुर सिटी युथ क्लबको आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेलमैदानमा शनिबार मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । विदुर नगरपालिका–२ र ४ को विदुरमा रहेको विन्द्रला समूह र गणेश समूहबीच भएको मैत्रीपूर्ण फुटबल खेलको पूर्ण अवधिमा दुवै टिमले तीन–तीन गोल गरेको क्लबका स्वास्थ्य तथा खेलकुद संयोजक सुमन […]

  • ब्याडमिन्टन कभर्डहल निर्माण सुरु

    १ चैत्र २०८०, बिहीबार १५:४१

    बट्टार, युवाहरूबीच लोकप्रिय बनिरहेको ब्याडमिन्टन खेललाई व्यवस्थित गर्न नुवाकोट ब्याडमिन्टन सङ्घको पहलमा विदुर नगरपालिका–२ को नागटारीमा कभर्डहल निर्माणको शिलान्यास भएको छ । बागमती प्रदेश सरकारको तीन करोड ११ लाख आर्थिक लगानीमा अन्तर्राष्ट्रिय मापदण्डको ब्याडमिन्टन कभर्डहल निर्माण शुभारम्भ भएको हो । ब्याडमिन्टन कभर्डहलको निर्माणको शिलान्यास बागमती प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) […]

  • प्रथम रसुवा नेकोस कप खुला जिल्लास्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधि नौकुण्डलाई

    २९ फाल्गुन २०८०, मंगलवार १८:३७

    सरस्वती न्यौपाने धुन्चे, रसुवा जिल्लामा प्रथम पटक भएको नेपाल खेलकुद महासंघ (नेकोस) को आयोजनामा नेकोस कप खुल्ला जिल्लास्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधि नौकुण्ड युवा समाजले हात पारेको छ । रसुवा जिल्लाको कालिकास्थानमा सोमबार सम्पन्न प्रतियोगितामा नौकुण्डले आयोजक टिमलाई हराएर प्रथम भएको हो । नेकोस रसुवाको आयोजनामा फागुन २५ देखि २८ गतेसम्म भएको भलिबल प्रतियोगितामा नेकोस […]

  • राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समापन आज

    १० फाल्गुन २०८०, बिहीबार १२:३४

    विदुर, नुवाकोट जिल्ला खेलकुद विकास समितिको आयोजना र विदुर नगरपालिकाको मुख्य आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा मंगलबारदेखि १३औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरू भएको छ । जिल्लाका १२ पालिकामध्ये १० पालिकाले मात्र भाग लिएको प्रतियोगिताको उद्घाटन प्रतिनिधीसभाका सदस्य एवं पूर्व खेलकुद मन्त्री हितबहादुर तामाङले गर्नुभएको थियो । प्रतियोगितामा बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाले भाग […]

  • विदुर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा

    ३ फाल्गुन २०८०, बिहीबार ११:५८

    बट्टार, नुवाकोटको विदुर नगरपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० मा एक हजार विद्यार्थी सहभागी हुँदा तीन सयले पदक प्राप्त गरेका छन् । प्रतियोगिता गत माघ २७ देखि २९ गतेसम्म सञ्चालन भएर फागुन १ गते मंगलबार सम्पन्न भएको हो । प्रतियोगितामा २७ वटा विद्यालयले भाग लिएकामा २१ वटा विद्यालयले पदक जितेका थिए । सात विधागत […]

  • विदुर मेयर कप फुटबल प्रतियोगिता म्यागङले जित्यो

    २५ माघ २०८०, बिहीबार १५:३८

    बट्टार, विदुर नगरपालिका आयोजक र नुवाकोट जिल्ला फुटबल सङ्घको व्यवस्थापनमा ‘अन्तरपालिकास्तरीय नुवाकोट च्याम्पियन विदुर मेयर कप फुटबल प्रतियोगिता–२०८०’ माघ १३ देखि सुरु भएर २१ गते आइतबार सम्पन्न भएको छ । प्रतियोगिता विदुर नगरपालिका–४ बट्टारको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न भएको हो । जिल्लाका १० वटा पालिकाका टिमले भाग लिएको प्रतियोगिताको उद्घाटन सङ्घीय अर्थमन्त्री डा. […]

  • विदुर मेयरकप फुटबल जारी

    १८ माघ २०८०, बिहीबार १२:१०

    बट्टार, विदुर नगरपालिकाको आयोजनामा शनिबारबाट सुरु भएको जिल्लास्तरीय विदुर मेयरकप फुटबल प्रतियोगिता जारी रहेको छ । नुवाकोट जिल्ला फुटबल सङ्घको व्यवस्थापनमा सुरु भएको उक्त प्रतियोगिता विदुर नगरपालिका–४ बट्टारको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा भइरहेको छ । जिल्लाका १० वटा पालिकाका टिमले भाग लिएको प्रतियोगिताको उद्घाटन सङ्घीय अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका थिए । खेल–तालिकाअनुसार ककनी, […]

  • ‘झिल्टुङ चिनाउने र धावक बढाउने’ क्रसकन्ट्री प्रतियोगिता सम्पन्न

    ११ माघ २०८०, बिहीबार १२:४४

    नुवाकोट, ‘जे गरौँ गज्जबले गरौँ’ भन्ने नाराका साथ नुवाकोटको बेलकोटगढी नगरपालिका–५ झिल्टुङमा ‘झिल्टुङ क्रसकन्ट्री दौड’को आठौँ संस्करणको प्रतियोगिता शनिबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएका राष्ट्रियस्तरका खेलाडीसहित भेट्रान, खुला छात्र–छात्रा एवम् स्थानीय महिला (आमा समूह) तथा पुरुष (बा समूह)सहितको विभिन्न दश विधामा प्रतिस्पर्धा गर्दै ‘धावक’ले अघिल्ला वर्षका कीर्तिमानी (रेकर्ड) तोडेका छन् । […]

  • दुप्चेश्वरमा राष्ट्रपति रनिङ सिल्ड सम्पन्न

    ११ माघ २०८०, बिहीबार १२:१७

    समुन्द्रटार, ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ दुप्चेश्वर गाउँपालिकाको आयोजनामा सम्पन्न भएको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता गत हप्ता सम्पन्न भएको छ । कौकेश्वरी मावि राउतबेँसीमा हाइजम्प, लङजम्प, दौड, भलिबललगायत चार विधामा भएको प्रतियोगितामा घ्याङफेदी माविले चारवटा स्वर्ण र एक रजत पदक हात पारेको छ । साथै, छात्र भलिबल प्रतियोगितामा प्रथम […]

  • अन्तरपालिकास्तरीय खुला पुरुष भलिबलको उपाधि दुप्चेश्वरलाई

    ११ माघ २०८०, बिहीबार १२:१४

    समुन्द्रटार, दुप्चेश्वर गाउँपालिकाको आयोजनामा भएको पाँचौँ दुप्चेश्वर कप (अन्तरपालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता) को उपाधि दुप्चेश्वर गाउँपालिकाको टिमले जितेको छ । गत पुस २५ गते सुरु भएर २८ गते सम्पन्न प्रतियोगितामा नुवाकोटका १२ पालिकामध्ये सात पालिकाले भाग लिएका थिए । दुप्चेश्वर मावि रामतीको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री नेकपा माओवादी केन्द्रका केन्द्रीय […]