धुन्चे । नौकुण्ड गाउँपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि निर्कुभूमे मावि सरमथलीले पाएको छ । सातदेखि १० कक्षासम्म सञ्चालन भएका विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा पाँच विद्यालयको सहभागिता थियो ।
बाह्र स्वर्णसहित निर्कुभूमे मावि सरमथली प्रथम, सात स्वर्णसहित गोसाइँकुण्ड मावि सस्र्युँ दोस्रो, ६ स्वर्णसहित गाइताम्बुडवा मावि पच्र्याङ तेस्रो, बागेश्वरी मावि भोर्ले पाँच स्वर्णसहित चौथो र नारायण मावि लङ्बु चार स्वर्ण जितेर पाँचौँ भएका छन् । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले खेलकुदका माध्यमबाट जिल्ला हुँदै राष्ट्रलाई विश्वसामु पु¥याउन सकिने बताए । खेल प्रतियोगिता बर्सेनि सञ्चालन गर्न सुझाव दिँदै उनले प्रतियोगिताका लागि आवश्यक आर्थिक सहयोग गर्नेसमेत वचन दिए । कार्यक्रममा नौकुण्ड गाउँपालिकाका प्रमुख नुर्बुसाङ्बे घले, उपप्रमुख चन्द्रबहादुर गलान, प्रमुख प्रशासकीय अधिकृत नवीन गिरीलगायत वडाध्यक्ष र वडासदस्यको उपस्थिति थियो ।
प्रतिक्रिया