+
Search

ताजा अपडेट +

पपुलर +

खेल सुरु भएको चार सेकेन्डमै गोल

खेल सुरु भएको चार सेकेन्डमै गोल
त्रिशूली प्रवाह
२ साल अगाडी
  • सुनील श्रेष्ठ

विदुर, जिल्ला फुटबल सङ्घ नुवाकोटको आयोजनामा भइरहेको एन्फा नुवाकोट जिल्ला लिग फुटबल प्रतियोगिताको बुधबार खेल सुरु भएको चार सेकेन्डमै गोल गर्दै एन्फा नुवाकोट जिल्ला लिग फुटबल प्रतियोगितामा वनदेवी युवा क्लबका क्याप्टेन आकाश रानामगरले नयाँ कीर्तिमान बनाएका छन् ।

Utsuk Books & Stationery

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा भएको लिगको दोस्रो खेलमा वनदेवीका क्याप्टेन रानामगरले मध्यभागबाट सीधै गोल गरेका थिए । उनी विदुर नगरपालिकाको बारुण यन्त्र विभागमा अस्थायी रूपमा कार्यरत रहेका छन् । लामो समयदेखि व्यावसायिक रूपमा अन्तरजिल्लामा फुटबल खेल्दै आइरहेका मगरले नयाँ कीर्तिमान राखेका छन् । यस्तै, न्यु स्टारका जर्सी नम्बर ४५ का दिनेश गुरुङले जवाफी एक गोल फर्काए । दोस्रो हाफमा वनदेवीमा जर्सी नम्बर ११ र नौका खेलाडीले थप एक–एक गोल गरे । वनदेवी न्यु स्टारलाई ३–१ गोल अन्तरले हराउँदै विजयी भयो । खेलमा वनदेवीका आकाश रानामगर ‘म्यान अफ दी म्याच’ घोषित भए । जिल्ला फुटबल सङ्घको आयोजनामा विदुर नगरपालिका– ४ बट्टार फुटबल खेलमैदानमा जिल्ला लिग मंगलबारदेखि सुरु भएको हो । १२ टिम सहभागी खेल जेठ २६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह