+
Search

ताजा अपडेट +

पपुलर +

सेतीभूमे माविलाई पाँचौँ राष्ट्रपति रनिङ सिल्डको उपाधि

सेतीभूमे माविलाई पाँचौँ राष्ट्रपति रनिङ सिल्डको उपाधि
त्रिशूली प्रवाह
१ साल अगाडी

कालिकास्थान । रसुवा जिल्लाको कालिका गाउँपालिकास्तरीय पाँचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८१ को उपाधि कालिका गाउँपालिका-१ राम्चेको सेतीभूमे माविले प्राप्त गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

प्रतियोगिता गत कात्तिक २८ देखि ३० गतेसम्म सञ्चालन भएको थियो । उक्त प्रतियोगितामा सेतीभूमे मावि २३ स्वर्ण, तीन रजत, तीन कांस्य प्राप्त गरेर प्रथम भएको छ । त्यसैगरी, कालिका हिमालयन माविले नौ रजत र सात कांस्य प्राप्त गरी द्धितीय र सेतीदेवी मावि १० स्वर्ण, २० रजत प्राप्त गरेर तृतीय स्थान जितेका छन् । ६ वटा माविले भाग लिएको प्रतियोगितामा नीलकण्ठ माविले चार स्वर्ण, दुई रजत र पाँच कांस्य पदकसहित चौथो स्थान जितेको छ । समापन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख अशोक घिमिरे, कालिका गाउँपालिकाका प्रमुख हरिकृष्ण देवकोटा, उपप्रमुख मिरा लामा डङ्गोल, पाँचवटा वडाका वडाध्यक्ष, गाउँ शिक्षा समितिका पदाधिकारी, राजनीतिक दलका प्रमुख, शिक्षाप्रेमीलगायतको उपस्थिति रहेको थियो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह