नगरपालिका सङ्घमा प्रभा

  • त्रिशूली प्रवाह
  • १२ श्रावण २०७९, बिहीबार १२:०२

काठमाडौं, नेपाल नगरपालिका सङ्घको बागमती प्रदेश समिति गठन कार्यक्रम सम्पन्न भएको छ । प्रदेश समिति गठन तथा अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेश समिति गठन भएको छ । नवगठित प्रदेशको सदस्यमा विदुर नगरपालिकाकी उपपमेयर प्रभा बोगटी चयन भएकी छिन् ।

काठमाडौंमा सम्पन्न नगरपालिका सङ्घको भेलाले संयोजकमा कागेश्वरी-मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की र सहसंयोजकमा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी चयन भएका छन् । नेपाल नगरपालिका सङ्घको बागमती प्रदेश सदस्यमा विदुर नगरपालिकाकी उपपमेयर प्रभा बोगटीसहित सहित नौजना सर्वसम्मत रूपमा चयन भएको सङ्घले जानकारी दिएको छ । सङ्घले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशका नगरपालिकाका मेयर-उपमेयरको भेलाले सर्वसम्मत रूपमा नयाँ कार्यसमित चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिले सबै नगरपालिकाको समस्यालाई साझा समस्याको रूपमा लिएर समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ ।