विदुर । नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका-६ गुर्जेस्थित बार्दलीन होटलमा बुधबार राती २ बजेतिर कौडा खेलीरहेका २२ जना पक्राउ परेका छन् ।
जुवा खेलीरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रनाउ बिक्रम लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले ६ जना महिलासहित २२ जनालाई जुवाको खालाबाट कौडा ३१ (एकतिस) थान, नगद रू.१० लाख ७१ हजार छ सयसहित कौडा खेलीरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । प्रहरीले रितपूर्वक जुवासम्बन्धी कसुरमा प्रमाण लाग्ने दशी बरामद गरी निजलाई कानुनबमोजिम पक्राउ गरी जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट जुवासम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।






प्रतिक्रिया