Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

बट्टार ब्रर्दस ग्रुपको मेयरद्वारा प्रशंसा

बट्टार ब्रर्दस ग्रुपको मेयरद्वारा प्रशंसा
त्रिशूली प्रवाह
१ साल अगाडी

बट्टार । नुवाकोट जिल्लाको विदुर नगरपालिका-२ बट्टारमा रहेकोे बट्टार ब्रर्दस ग्रुपको सक्रियतामा गरिएको सामाजिक कार्यको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले प्रशंसा गर्नुभएको ।

ग्रुपको १०औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मेयर श्रेष्ठले स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा ग्रुपले गरेको काम प्रशंसनीय रहेको बताउनुभयो । ग्रुपका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठको सभापत्विमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले भन्नुभयो, ‘‘स्थानीय सरकारले गर्नुपर्ने काममा ग्रुपले सघाइरहेको छ । आगामी दिनमा ग्रुपसँग सहकार्य गरेर अघि बढ्न सकिन्छ ।’’ ग्रुपले गर्ने हरेक कार्यमा नगरपालिकाको साथ र सहयोग रहने समेत प्रतिबद्धता उहाँले ब्यक्त गर्नुभएको छ । स्थापना कालदेखि नै ग्रुपले गरिरहेको विभिन्न सामाजिक कार्यको अध्यक्ष श्रेष्ठले सो कार्यक्रममा प्रतिवेदना पेश गर्नुभयो । ग्रुपले विदुर नगरपालिका–५ का मृगौलापिडित जीवन श्रेष्ठलाई रू.२७ हजार, श्री कृष्ण प्रणामी मन्दिरमा आयोजित श्रीमद्भागवत कार्यक्रममा रू.पाँच हजार, बाराही मन्दिरमा रू.५२ हजार बराबरको गजुर हस्तान्तरणकासाथै राधाकृष्ण मन्दिरमा रू.११ हजार बराबर मूल्यको स्टिल दराज हस्तान्तरण गरेको र स्वर्गीय धुव्र अमात्य स्मृति फुटवल प्रतियोगिता आयोजना गर्न रू.५२ हजार सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । सभामा विदुर नगरपालिका वडा नं २ का अध्यक्ष दिपक कायस्थ र वडा नं ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले सामाजिक दायर र क्षेत्र बढाउँदै जानुपर्ने सुझाव दिनुभयो । स्थानीय प्रतिष्ठित व्यवसायीको समूह यसमा आवद्ध रहेकोले अवका दिनमा व्यवसायिकरूपले लगानी विविधीकरण गरी काम गर्नुपर्ने समेत उहाँहरूले सुझाव दिनुभएको छ ।

साधारणसभामा बट्टार युवा क्लबका अध्यक्ष सुरज श्रेष्ठ, युनाइटेड युथ क्लबका अध्यक्ष अच्युतराज गिरी, बट्टार टोल विकास समितिका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष नमराज सुबेदीलगायतको उपस्थिति रहेको थियो । विसं २०७१ मा स्थापना भएको बट्टार ब्रर्दस ग्रुपले स्थापना कालदेखि नै विभिन्न सामाजिक र धार्मिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह