नुवाकोट तेक्वान्दो सङ्घको वार्षिक साधारणसभा सम्पन्न

नुवाकोट तेक्वान्दो सङ्घको वार्षिक साधारणसभा सम्पन्न
त्रिशूली प्रवाह
८ महिना अगाडी

बट्टार । नुवाकोट तेक्वान्दो सङ्घको शनिबार सम्पन्न वार्षिक साधारणसभा तेक्वान्दो खेललाई नुवाकोटमा स्थापित गराउन विगतदेखि हालसम्म योगदान दिनेहरूको स्मरण गरिएको छ । सङ्घका अध्यक्ष शरणउत्सुक सापकोटाका अध्यक्षतामा आफ्नै भवन बट्टार कभर्ड हलमा भएको सभा नेपाल तेक्वान्दो सङ्घ वागमती प्रदेशका उपाध्यक्ष एवं नुवाकोट तेक्वान्दो सङ्घका संरक्षक सुमनविक्रम पाण्डेको प्रमुख आतिथ्य र प्रदेशबाट खटिएका प्रतिनिधिद्वय फिरोज श्रेष्ठ र किशोर श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न भएको सङ्घका सचिव शरण घलेले जानकारी दिनुभयो ।

कार्यक्रममा सङ्घका उपाध्यक्ष अशोक थापा, कोषाध्यक्ष रामचन्द्र तामाङ, रसुवा तेक्वान्दो सङ्घका प्रमुख प्रशिक्षक रमेशकुमार श्रेष्ठ तथा संविधानसभा सदस्य एवं नुवाकोट तेक्वान्दो सङ्घ नुवाकोटका कार्यसमिति सदस्य राज्यलक्ष्मी पाँडेले जिल्लामा तेक्वान्दो खेललाई विस्तारविकासमा साथ र सहयोग दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सभामा सामरी तेक्वान्दो डोजाङका प्रमुख अनिल शाक्य, अर्किड डोजाङका शर्मिला श्रेष्ठ, च्वाडी मावि डोजाङका श्रीकृष्ण श्रेष्ठलगायतले तेक्वान्दोको जिल्लास्तरीय प्रतियोगिता गर्न सुझावसहित सहयोग गर्ने प्रतिबद्धता जनाएको सहसचिव सुमन श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह