धुन्चे । रसुवा जिल्लाको सदरमुकाम रहेको गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेमा फागुन २४ देखि २६ गतेसम्म जिल्लामा पहिलोपटक जिल्लास्तरीय पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
रसुवा ब्याडमिन्टन सङ्घको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा इच्छुक खेलाडी सङ्घ तथा संस्था सहभागी हुन सक्नेछन् । प्रतियोगितामा सहभागिता जनाउने टिमले फागुन २२ गतेभित्र नाम दर्ता गर्न सक्नेछन् । दर्ता शुल्क रु. दुई हजार रहेको ब्याडमिन्टन सङ्घका अध्यक्ष लक्षिन तितुङले बताए । उनका अनुसार प्रथम हुने टिमलाई रु. २५ हजार, द्वितीयलाई रु. २० हजार, तृतीयलाई रु. १५ हजार र सान्त्वनालाई रु. पाँच हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ । जिल्लाभित्र रहेका खेलाडीलाई एकजुट भई खेलको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट सटरलाई ब्याडमिन्टन र्याकेट उपहार दिइने बताइएको छ ।
प्रतिक्रिया