प्रथम मेयर कप बुद्धिचाल प्रतियोगिता फागुन ४ देखि

प्रथम मेयर कप बुद्धिचाल प्रतियोगिता फागुन ४ देखि
त्रिशूली प्रवाह
६ महिना अगाडी

विदुर । नुवाकोट जिल्ला बुद्धिचाल सङ्घको आयोजना तथा विदुर नगरपालिकाको सहकार्यमा आगामी फागुन ४ देखि ६ गतेसम्म प्रथम विदुर मेयर कप खुला बुद्धिचाल प्रतियोगितको तयारी भइरहेको छ ।

बुद्धिचाल सङ्घका अध्यक्ष प्रकाश जोशीका अनुसार स्विस नियमाअनुसार नौ चरणमा हुने प्रतियोगितामा सहभागी हुन आउने नुवाकोट जिल्ला बाहिरका खेलाडीका लागि बस्नको सुविधा निःशुल्क उपलब्ध गराइनेछ । प्रतियोगितामा पहिला हुनेले रु. ४० हजार, दोस्राले रु. २० हजार र तेस्राले रु. १५ हजार, चौथा हुनेले रु. १० हजार, पाँचौँ हुनेले रु. आठ हजार, छैटौँदेखि १० औँ स्थानमा रहने खेलाडीले जनही रु. पाँच हजार र नुवाकोटबाट पहिला हुनेले रु. २५ हजार, दोस्रा हुनेले रु. १५ हजार, तेस्रा हुनेले रु. १० हजार, चौथो हुनेले रु. सात हजार र पाँचौँ हुनेले रु. पाँच हजारसहित ट्रफी र पदक पाउने जनाइएको छ । प्रतियोगिताका खेल ढुङ्गेस्थित याङ्ग्रा होटेलमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता आयोजनाका लागि झन्डै रु. चार लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा नेपालका शीर्ष वरीयतादेखि भारतीय खेलाडीसमेत सहभागी हुन भएकाले नुवाकोटको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अध्यक्ष जोशीले बताए । प्रतियोगितामा सहभागिताका लागि प्रतिव्यक्ति दर्ता शुल्क रु. एक हजार लाग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह