+
Search

ताजा अपडेट +

पपुलर +

प्रथम मेयर कप बुद्धिचाल प्रतियोगिता शुरू

प्रथम मेयर कप बुद्धिचाल प्रतियोगिता शुरू
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नुवाकोट जिल्ला बुद्धिचाल सङ्घको आयोजना तथा विदुर नगरपालिकाको सहकार्यमा मंगलबारदेखि प्रथम विदुर मेयर कप खुला बुद्धिचाल प्रतियोगित शुरू भएको छ ।

उक्त प्रतियोगिताको उद्घाटन विदुर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठले गर्नुभएको थियो । खेलमार्फत विदुरसहित समग्र जिल्लामा खेल पर्यटन भित्र्याउन, खेल क्षेत्रको सुधार र नयाँ खेलाडी उत्पादनको लागि महत्त्वपूर्ण योगदान पुग्ने विश्वास उहाँले गर्नुभएको छ । आज बिहीबार सम्पन्न हुने प्रतियोगितामा भारतका नौ जनासहित ७६ जना खेलाडीको सहभागिता रहेको छ । बुद्धिचाल सङ्घका अध्यक्ष प्रकाश जोशीका अनुसार स्विस नियमानुसार नौ चरणमा प्रतियोगिता भईरहेको बताउनुभयो । प्रतियोगितामा पहिला हुनेले रू.४० हजार, दोस्रोले रू.२० हजार र तेस्राले रू.१५ हजार, चौथोंले रू.१० हजार, पाँचौँले रू.आठ हजार, छैटौँदेखि दशौँ स्थानमा रहने खेलाडीले जनही रू.पाँच हजार र नुवाकोटबाट पहिलोले रू.२५ हजार, दोस्रोले रू.१५ हजार, तेस्रोले रू.१० हजार, चौथोंले रू. सात हजार र पाँचौँले रू. पाँच हजारसहित ट्रफी र पदक पाउने जनाइएको छ ।प्रतियोगिताका खेल ढुङ्गेको याङ्ग्रा होटेलको सभाहलमा भईरहेको छ । प्रतियोगिता आयोजनाका लागि झण्डै रू. चार लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि प्रतिब्यक्ति दर्ता शुल्क रू. एक हजार तोकिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह