धुन्चे । ग्याल्बो ल्होसारका अवसरमा गोम्बोडाँडा युवा समाज नेपालका आयोजनामा रसुवा जिल्ला, कालिका–२ गोम्बोडाँडामा गत शुक्रबार आयोजित जिल्लास्तरीय पहिलो महिला भलिबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । प्रथम हुने गोम्बोडाँडालाई रू.४४ हजार चार सय ४४, द्वितीय हुने नेपाल विद्यार्थी सङ्घलाई रू.२२ हजार दुई सय २२ तथा तृतीय हुने ज्याङ्लाङलाई रू.११ हजार एक सय ११ नगदसहित प्रमाणपत्र, पदक र कप प्रदान गरिएको थियो । प्रतियोगितामा पाँच टोली सहभागी थिए ।
जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष विराज लोप्चनले खेललाई हरेक वर्ष निरन्तरता दिइने जानकारी दिनुभयो । उक्त प्रतियोगितासँगै जनजातीय संस्कृति झल्कने स्थानीय वेशभूषामा नृत्य, बृहत् सांस्कृतिक कार्यक्रम भएको थियो । प्रतियोगिता समापन कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र उपाध्यक्ष मीरा लामा, भाषा एवं संस्कृतिविज्ञ अजितमान तामाङलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया