नुवाकोट । नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि छिमेकी मित्रराष्ट्र भारतका आशुतोष कुमारले जितेका छन् ।

प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गरेका छन् । प्रतिस्पर्धाको अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दहालसँग बाध्यतात्मक बराबरी खेलेका थिए भने धिरेन राईले पुरूषोत्तम चौलागाईंमाथि जित दर्ता गर्दै शीर्ष समान अंक बनाएका छन् । होटल यांग्रा ढुंगेमा सात चरणको खेलबाट एफएम क्षितिज भण्डारीले पाँच दशमलव पाँच अंक उच्च ३० बुकोज्ल्स् प्वाइन्टका आधारमा तेस्रो हुन सफल भएका छन् । सिएम शुश्रुतले अन्तिम चरणको खेलमा जित हासिल गर्न असमर्थ हुँदा उपाधिबाट हात धुन प¥यो । शुश्रुतले पाँच दशमलव पाँच अंक बनाउँदै २९ दशमलव पाँच बुकोल्ज्स् चौथों स्थान हात पारेका छन् । भारतका बिनायकसिंह यादव २५ बुकोल्ज्स् प्वाइन्ट प्राप्त गर्दै पाँचौं स्थानमा रहेका छन् । यस्तै नेपालका युवा पुरूषोत्तम सिलवाल, भारतका मोहितकुमार सोनी, एफएम रूपेश जैसवाल, सुशिल चौधरी र बद्रीलाल नेपाली समान पाँच अंक जोडेर पाँचौदेखि दशौं स्थानमा रहन सफल भएका छन् ।

स्थानीयतर्फ नुवाकोटका प्रकाश जोशीले चार प्वाइन्ट बुकोल्ज्स् २१ दशमलव पाँच अंक जोडेर प्रथम स्थान हासिल गरेका छन् । समान अंक चारमा सक्सेस श्रेष्ठले २० दशमलव पाँच बुकोल्ज्स् प्राप्त गरेका छन् । यस्तै समान चार अंकमा शंकरप्रसाद घिमिरे तेस्रो, शिव श्रेष्ठ चौथों र सुरज लामा पाँचौ स्थानमा रहन सफल भएका छन् । यसैगरी, महिलातर्फ नेपाली चेली बिनिता कपाली प्रथम, सिन्दिरा जोशी दोश्रो र भारतका वैष्णवी प्रकाशले तेस्रो स्थान हासिल गरेकी छिन् । खेलमा ७४ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागी रहेको प्रतियोगितामा अनरेटेडतर्फ सुमित जोशी, नविन वैद्य, अमितकुमार यादव क्रमशः शीर्ष तिन स्थानमा आएका छन् । सिनियर खेलाडीतर्फ नविन तण्डुकार, मोहनसिं प्रधान, बसन्त श्रेष्ठ शीर्ष तिन, इलो १८ सय प्रेम खड्का, अर्मान सिद्धिकि, सुशिल सुबेदी, इलो १६ सयमा बिनोद तिमल्सिना, साहिद हुसेन, राजकुमार राई शीर्ष तिनमा छन् । यस्तै युवा १८ वर्षमा महाज इकबाल, आभाषकुमार श्रेष्ठ, सात्विकमान तुलाधर शीर्ष तिन, अन्डर युवा १६ प्रखर त्रिपाठी, प्रविण केसी, शाश्वत श्रेष्ठ शीर्ष तिनमा रहन सफल भएका छन् ।

प्रतियोगिताको समापन कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले विजेता खेलाडीलाई नगद रू.दुई लाख ३७ हजार पुरस्कार तथा आकर्षक ट्रफी, मेडल वितरण गरेका छन् । मेयर श्रेष्ठले विदुर नगरपालिका खेलक्षेत्रमा महत्वाकांक्षीरूपमा अगाडि बढिरहेको सुनाउँदै मेयर कप बौद्धिक बुद्धिचाल प्रतियोगिता निरन्तर गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । सो अवसरमा उपमेयर प्रभा बोगटीले बुद्धिचाल खेल र अरू खेललाई नगरपालिकाले मञ्च उपलब्ध गराउँदै जाने बताउनुभयो । संघका अध्यक्ष प्रकाश जोशीको सभापतित्वमा समापन कार्यक्रममा विदुर नगरपालिका वडा नं १ का अध्यक्ष लेनिन रञ्जितले नुवाकोटमा बुद्धिचाल खेलको लामो इतिहास रहेको जानकारी गराएका छन् । प्रतियोगितामा वडा नं ४ अध्यक्ष निलमबाबु ढुङ्गेल, नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकार, प्रमुख निर्णायक एफए सोराज ताम्राकारलगायतले नगद पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतिक्रिया