मुख्य समाचार

  • त्रिशूली बजार जोड्ने नयाँ पुल आंशिक सञ्चालन

    ३० श्रावण २०८१, बुधबार १३:१९

    रमेश सिलवाल ढुङ्गे । नुवाकोट, विदुर नगरपालिका-१, धोबीखोला र त्रिशूली बजारस्थित नेपाल विद्युत् प्राधिकरण विद्युत्गृह प्रवेशद्वार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको पक्की पुल हस्तान्तरण र उद्घाटन नहुँदै आंशिक रूपमा सञ्चालनमा आएको छ । निर्माणको काम थोरै बाँकी रहे पनि सवारी साधन पुलबाट गुड्न थालेका छन् । जिल्लाकै पहिलो जलविद्युत् परियोजना त्रिशूली जलविद्युत् केन्द्र निर्माणका क्रममा […]

  • चीनले मल कारखाना खोल्न सघाउने लगानी स्वीकृत हुनासाथ काम थाल्ने

    ३० श्रावण २०८१, बुधबार १३:११

    काठमाडौंँ । नेपालमा एक वर्षमा करिब रू ४० अर्बको रासायनिक मल खरिद हुने र सरकारले रू ३० अर्ब अनुदान दिने गरे पनि कृषि बाली लगाउने बेला सधैंँ मल हाहाकार हुने गरेको छ । नेपालमा रासायनिक मल, कारखाना खोल्नेबारे चार दशकदेखि छलफल हुने गरेको भए पनि हालसम्म पूर्णता पाउन सकिरहेको छैन । सरकारमा जो आए पनि […]

  • गोसाइँकुण्ड जाने नयाँ मार्ग पुनःनिर्माण

    २८ श्रावण २०८१, सोमबार १६:१९

    विदुर । रसुवाको प्रमुख धार्मिक पर्यटकीयस्थल गोसाईँकुण्ड जाने नुवाकोट, दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटार पदमार्ग पुनःनिर्माण भएको छ । नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेवको दर्शन गर्दै गोसाइँकुण्ड जाने नयाँ मार्गमा यात्रुको चहलपहल सुरू भएको छ । बागमती प्रदेशको दोस्रो पशुपतिनाथ’ दुप्चेश्वर हुँदै सिसिपु, तालु, फेदी, सूर्यकुण्ड र दुधकुण्डको अवलोकन एवं स्नान गर्र्दैै गोसाईँँकुण्ड पुग्न सकिन्छ । तालुबाट एकै […]

  • गोसाइँकुण्ड मेला शुरू

    २८ श्रावण २०८१, सोमबार १६:०७

    रसुवा । यस वर्ष पनि जनैपूर्णिमाका अवसरमा रसुवाको प्रमुख धार्मिकस्थल गोसाईँकुण्डमा मेला सुरु भइसकेको छ । कुण्ड आवतजावत गर्ने यात्रुका लागि खाना, बास र घोडाचढीमा नठगियून् भनेर सरोकारवालाले विशेष निर्णय गरेको छ । यही साउन २२ गते जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीका संयोजकत्वमा बसेको बैठकले घट्टेखोलादेखि गोसाईँकुण्डसम्मको पदमार्गमा रहेका होटल […]

  • गोसाइँकुण्ड मेलाका लागि खाना, बास र घोडाचढीको मूल्य निर्धारण

    २५ श्रावण २०८१, शुक्रबार १५:५९

    धुन्चे । यस वर्ष पनि जनैपूर्णिमाका अवसरमा रसुवाको प्रमुख धार्मिकस्थल गोसाईँकुण्डमा मेला सुरु भइसकेको छ । कुण्ड आवतजावत गर्ने यात्रुका लागि खाना, बास र घोडाचढीमा नठगियून् भनेर सरोकारवालाले विशेष निर्णय गरेको छ । यही साउन २२ गते जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीका संयोजकत्वमा बसेको बैठकले घट्टेखोलादेखि गोसार्इँकुण्डसम्मको पदमार्गमा रहेका होटल […]

  • ‘पश्चिम १ नम्बर’ मा एमाले नेताको नयाँ जिम्मा

    २४ श्रावण २०८१, बिहीबार १५:१९

    विदुर । नेकपा (एमाले) को गत हप्ता सम्पन्न केन्द्रीय सचिवालयको ३४औँ बैठकले पार्टी केन्द्रीय कमिटी तथा केन्द्रीय निकायमा रिक्त पदाधिकारी तथा सदस्य मनोनयन तथा केन्द्रीय कमिटी सदस्यलाई जिल्ला तह र निर्वाचन क्षेत्रको इन्चार्जको कार्यविभाजन गरेको छ ।बैठकले उपाध्यक्षमा गुरुप्रसाद बराल तथा स्थायी कमिटीमा मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई मनोनयन गरेको छ । बैठकले केन्द्रीय कमिटीमा […]

  • मालपोत दस्तुर बाँडफाँट

    २४ श्रावण २०८१, बिहीबार १४:२१

    विदुर । मालपोत कार्यालय नुवाकोटले गत आव ०८०/८१ मा घरजग्गा तथा अन्य रजिस्ट्रेसन दस्तुर, सेवा शुल्क र रोक्कालगायत शीर्षकबाट उठेको राजस्व स्थानीय तह र प्रदेश सरकारलाई बाँडफाँट गरेको छ । कार्यालयले गत आवमा रु. ११ करोड ९१ लाख ७४ हजार पाँच सय ३० सङ्कलन गरेकोमध्ये बागमती प्रदेश सरकारलाई रु. चार करोड ९० लाख ९९ हजार […]

  • नुवाकोटको ४५ करोड विकास बजेट फिर्ता

    २४ श्रावण २०८१, बिहीबार १४:१५

    विदुर । मुलुकको विकासका लागि बजेट अभाव भइरहेको अवस्थामा नुवाकोटका पालिका सरकारहरू प्रदेश र सङ्घबाट विनियोजित बजेट खर्च गर्न चुकेका छन् । जिल्लाका लागि सङ्घीय र प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये खर्च गर्न नसक्दा झन्डै साढे ४५ करोड रुपैयाँ फिर्ता भएको छ । गत आव ०८०/८१ मा प्राप्त बजेटमध्ये रु. ४५ करोड ४१ लाख १३ हजार […]

  • पार्वतीकुण्डमा विशेष मेला

    २४ श्रावण २०८१, बिहीबार १३:०६

    सरस्वती न्यौपाने धुन्चे । रसुवा जिल्लामा रहेका प्रकृतिनिर्मित धार्मिक महत्वका एक सय आठ कुण्डमध्ये पार्वतीकुण्डमा यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्ता विशेष मेला लाग्ने भएको छ । आगामी भदौ ३ गते पर्ने जनैपूर्णिमाको सात दिनअघिदेखि मेला सुरु हुनेछ । धार्मिक पर्यटकीय क्षेत्र ‘आमाछोदिङ्मो’मा यस वर्ष ऋषितर्पणीका अवसरमा लाग्ने विशेष मेलाका लागि गाउँपालिकासँग समन्वय गरेर खान, […]

  • नुवाकोट–धादिङसहित ६६ जिल्लामा भत्ता लिन माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

    २१ श्रावण २०८१, सोमबार १५:४९

    काठमाडौंँ । विसं २०७६ देखि सुरू भएको राष्ट्रिय परिचयपत्र वितरण प्रणालीलाई सेवासँग आबद्धता गर्न नसक्दा ६ वर्षसम्म उपयोगहीन भएपछि सरकारले सामाजिक सुरक्षा भत्ता लिन आगामी माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार सामाजिक सुरक्षा भत्ता लिन साउन १ देखि परिचयपत्र अनिवार्य चाहिने यसअघिको निर्णयलाई संशोधन गर्दै त्यसलाई बढाएर आगामी माघ […]