+
Search

ताजा अपडेट +

पपुलर +

शिवम् सिमेन्टको सन्देशमूलक ‘नो कम्प्रमाइज’ भिडियो सार्वजनिक

शिवम् सिमेन्टको सन्देशमूलक ‘नो कम्प्रमाइज’ भिडियो सार्वजनिक
त्रिशूली प्रवाह
१ साल अगाडी

काठमाडौँ । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड क्याम्पेन क्वालिटीको मामलामा नो कम्प्रमाइजअन्तर्गतको दोस्रो भिडियो सार्वजनिक गरेको छ । जसअन्तर्गत घरबेटी र भाडावालबिचको सम्झौतामा आधारित कथामार्फत ‘सर्तकताको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजेको छ । यो भिडियोले विश्वास पात्रबाट हुन सक्ने धोका, छलकपटबारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ ।

Utsuk Books & Stationery

यसअघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ भन्ने सशक्त सामाजिक सन्देशमूलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो । यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो । उक्त सामाजिक सन्देशमूलक विज्ञापन दर्शकले अत्यधिक रुचाएका थिए । शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । ‘नो कम्प्रमाइज भन्न जति सजिलो छ, त्यति नै व्यवहारमा पूरा गर्न गाह्रो छ, तर जसले पूरा गर्छ, उसको शिर सधैँ ठाडो हुन्छ’ भन्ने सन्देशमार्फत, शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुत रूपमा प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह