विदुरको रु. एक अर्ब १४ करोड बजेट प्रस्तुत

विदुरको रु. एक अर्ब १४ करोड बजेट प्रस्तुत
त्रिशूली प्रवाह
१ महिना अगाडी
  •  विदुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि रु. एक अर्ब १३ करोड ८१ लाख ४३ हजार ४४७ को बजेट नगरसभामा प्रस्तुत गरेको छ ।
  •  बजेट स्रोतहरू : सङ्घीय सरकारको अनुदान : रु. ५९ करोड २३ लाख
  • प्रदेश सरकारको अनुदान : रु. आठ करोड २३ लाख
  • राजस्व बाँडफाँट : रु. ३४ करोड ४४ हजार
  • आन्तरिक स्रोत : रु. १२ करोड २५ लाख
  • आन्तरिक छलफल नसकिएकाले संवैधानिक म्याद (असार १० गते) भित्र बजेट पेस गर्न नसकिएको जनाइएको छ ।
  •  नगरप्रमुख राजनलाल श्रेष्ठद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको र नगर उपप्रमुख प्रभा बोगटीमार्फत बजेट प्रस्तुत भई १७औँ नगरसभाको तेस्रो बैठकले पारित गरेको हो ।
  •  नुवाकोटका १२ पालिकामध्ये १० वटाले असार १० गतेभित्र बजेट प्रस्तुत गरिसकेका थिए भने विदुर र दुप्चेश्वर गाउँपालिकाले ढिलो गरी बजेट प्रस्तुत गरेका हुन् ।

विदुर । विदुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु. एक अर्ब १३ करोड ८१ लाख ४३ हजार चार सय ४७ को बजेट नगरसभामा शुक्रबार प्रस्तुत गरेको छ । उक्त बजेट १७औँ नगरसभाको तेस्रो बैठकले पारित गरेको विदुर-२ का अध्यक्ष दीपक कायस्थले जानकारी दिनुभयो ।

नुवाकोटका १२ पालिकामध्ये १० वटाले असार १० गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसकेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये विदुर नगरपालिका र दुप्चेश्वर गाउँपालिकाले संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र आन्तरिक छलफल नसकिएकाले बजेट प्रस्तुत गर्न नसकेको जनाएका छन् । कानुनतः हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट पालिकाका सभामा पेस गर्नुपर्ने प्रावधान छ । नगरप्रमुख राजनलाल श्रेष्ठमार्फत पेस भएको नीति तथा कार्यक्रमको आधारमा नगर उपप्रमुख प्रभा बोगटीमार्फत पेस गरिएको रु. एक अर्ब १३ करोड ८१ लाख ४३ हजार चार सय ४७ को आय-व्ययसहितको बजेट पारित भएको छ । विदुरको १० र १३ गतेको नगरसभा बैठक स्थगित भई पुनः शुक्रबार बोलाइएको थियो । विदुरले प्रस्तुत गरेको बजेटमा सङ्घीय सरकारको अनुदानतर्फ रु. ५९ करोड २३ लाख, प्रदेश सरकारको अनुदानतर्फ रु. आठ करोड २२ लाख ९९ हजार, राजस्व बाँडफाँटतर्फ कुल रकम रु. ३४ करोड ४४ हजार चार सय ४७ र नगरपालिकाको आन्तरिक स्रोतको कुल जम्मा अनुदान रु. १२ करोड २५ लाख रहेको छ । दुप्चेश्वरले सभामा प्रस्तुत बजेट प्रक्रिया पूरा गर्दै केही थपघट गरेर पारित गर्न लागेको पालिकाले जनाएको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह