मुख्य समाचार

  • बागमती प्रदेशमा वैशाख २४ देखि तामाङ र नेपाल भाषामा सरकारी कामकाज

    २० बैशाख २०८१, बिहीबार १२:१८

    हेटौँडा, बागमती प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषाका रूपमा तामाङ र नेपाल भाषालाई प्रयोगमा ल्याउने भएको छ । तामाङ र नेपाल भाषा बोल्ने समुदायको अधिक बसोवास रहेको यस प्रदेशमा प्रदेश सरकारी कामकाजको भाषाका रूपमा तामाङ र नेपाल भाषाको प्रयोगको शुभारम्भ वैशाख २४ बाट हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख २४ गते सोमबार काठमाडौंको […]

  • चार दशकपछि किन्ताङ खोलाको पुल सञ्चालन

    २० बैशाख २०८१, बिहीबार १२:१२

    शरण उत्सुक सापकोटा धादिङ, उत्तरी धादिङका अधिकांश स्थानलाई सदरमुकामसँग जोड्ने किन्ताङफेदीको किन्ताङ खोलामा चाइनिज ब्रिज चार दशकपछि निर्माण सम्पन्न भएर आइतबार उद्घाटन भएको छ । खनियाँबास-४ किन्ताङफेदीमा निर्माण भएको पुलको प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारी र प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त रूपमा उद्घाटन गरेपछि सर्वसाधारण र यातायातका साधनका लागि आवतजावत खुला गरिएको छ । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा […]

  • ‘त्रिशूली प्रवाह’ को रजत वर्ष समारोह सम्पन्न

    १३ बैशाख २०८१, बिहीबार १४:२८

    विदुर, नुवाकोट जिल्लाको पहिलो रङ्गीन पत्रिका ‘त्रिशूली प्रवाह’ साप्ताहिक २५ वर्षमा प्रवेश गरेको छ । पत्रिकाले गत बिहीबार यहाँ रजत वर्ष मनाएको छ । पत्रिका रजत वर्ष प्रवेश गरेको अवसरमा सदरमुकाम विदुरमा समारोह आयोजना गरिएको थियो । ०५७ वैशाख १ गते बिहीबारदेखि प्रकाशन सुरु भएको ‘त्रिशूली प्रवाह’को २५औँ रजतउत्सव कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाका उपाध्यक्ष विमला […]

  • छुच्चो पेसालाई निरन्तरता दिइने उत्सुकको प्रण

    १३ बैशाख २०८१, बिहीबार १४:१६

    श्याम रिमाल विदुर, वि.सं. २०८१ वैशाख ६ बिहीबार । होटेल सनसाइन प्रालि, विदुर-२ सञ्चारचोक, नुवाकोट । सभाकक्षको पश्चिमतिर मञ्च तयारीका साथ भित्तामा ‘त्रिशूली प्रवाह’ २५औँ वार्षिकोत्सवको सानो तुल झुन्ड्याइसकिएको थियो । प्रमुख अतिथि (प्रअ) राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेको कार्यक्रमपूर्व नै काठमाडौंबाट आगमन भइसकेको थियो र आयोजक, नगरपालिकाका पदाधिकारी, राजनीतिक दलका नेता आदिसँग होटेलका एक […]

  • स्थानीय सरकार जिम्मेवार नहुँदा गाई, देवी र सिन्दुरे जात्राको निरन्तरतामा सकस

    १३ बैशाख २०८१, बिहीबार १३:१०

    रामलाल श्रेष्ठ शरण उत्सुक सापकोटा काठमाडौं, उपत्यकाभित्र यतिखेर जात्रैजात्रा चलिरहेको छ । भक्तपुरको बिस्का जात्रा, ठिमीको सिन्दुरे जात्रा, टोखाको बिस्का सिन्दुरे जात्रा, बोडेको जिब्रो छेड्ने जात्रा, काठमाडौंको सेतो मत्स्येन्द्रनाथको जात्रा, सोनागोठीको सिन्दुरे जात्रा, ललितपुरको रातो मत्स्येन्द्रनाथको जात्रा आदि ।कुनै बेला काठमाडौं उपत्यकालाई तीन सहरको नेपाल भनिन्थ्यो । उपत्यकाभित्रका प्रत्येक पुरानो बस्तीमा जात्रापर्व नभएको कुनै बस्ती […]

  • सिन्दुरे जात्रामा लोक तथा दोहोरी गीत प्रतिष्ठानको विशेष प्रस्तुति

    ११ बैशाख २०८१, मंगलवार १५:२१

    काठमाडौं, नुवाकोटको ऐतिहासिक सिन्दुरे जात्रा (देवी जात्रा) लाई थप रौनक प्रदान गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय कार्यसमितिको पदाधिकारी नुवाकोट आउन लागेका छन् । बैंशाख १३ गते बिहीबार दिउँसो हुने सिन्दुरे जात्रामा राष्ट्रियस्तरका लोक तथा दोहोरी गीतका चर्चित कलाकारले गीत तथा लोकदोहोरी प्रस्तुति गर्ने कार्यक्रम रहेको छ । प्रतिष्ठानले केन्द्रिय कार्यसमितिको ५औं […]

  • लाङटाङ र गोसाइँकुण्ड पर्यटकले भरिभराउ

    ६ बैशाख २०८१, बिहीबार १५:३३

    सरस्वती न्यौपाने धुन्चे, रसुवा जिल्ला नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल हो । वसन्त ऋतुको आगमनसँगै जिल्लाको प्रमुख पर्यटकीयस्थल लाङटाङ र गोसाइँकुण्डलगायत क्षेत्र आन्तरिक र बाह्य पर्यटकले भरिभराउ भएका छन् । भ्रमण गर्नेको सङ्ख्या आठ हजार सात सयभन्दा बढी पुगिसकेको छ । आजभोलि मौसम सफा रहेकाले हिमाली दृश्यावलोकन गर्दै फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा फोटो […]

  • रजत वर्षको अविरल कठिन यात्रा

    ६ बैशाख २०८१, बिहीबार १५:१५

    ‘त्रिशूली प्रवाह’ साप्ताहिक आजदेखि रजत वर्षमा प्रवेश गरेको छ । चौबीस वर्षअघि ०५७ वैशाख १ गते बिहीबार यस साप्ताहिकको प्रकाशन प्रारम्भ गर्दा हामी पत्रकारिताको कखरा पढ्दै गर्दै थियौँ । थुप्रै कठिनाइसँग जुध्दै अविरल रूपमा हरेस नखाईकन पाठक वर्गसँग एकाकार हुन सकेकाले नै हामी यहाँसम्म आइपुगेका हौँ । यस यात्रामा हामीले नेपाली समाज, यसले भोगेको सङ्कट […]

  • तीन महिनादेखि बट्टार-मान्द्रेढुङ्गा सवारी आवत-जावत बन्द

    ६ बैशाख २०८१, बिहीबार १४:०३

    बट्टार, नुवाकोटको विदुर नगरपालिका-४ र ६ जोड्ने त्रिशूली नदीमाथिको पुल जीर्ण भएपछि सवारीसाधन आवत–जावत पूर्णरूपमा तीन महिनादेखि बन्द भएको छ । ४० वर्षअगाडि देवीघाट जलविद्युत् केन्द्र निर्माणको क्रममा सामान ओसार–पसार गर्ने गरेको उक्त पक्की पुल निर्माण भएको थियो । सो पुलको तीन महिनाअघि लठ्ठा चुँडिएपछि सवारीसाधन आवत–जावतमा निषेध गरिएको हो । वडा नम्बर ४ को […]

  • नुवाकोट, रसुवा र धादिङका पालिकाले पाउने वित्तीय समानीकरण अनुदान तय

    ६ बैशाख २०८१, बिहीबार १३:४९

    विदुर, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि नुवाकोट, रसुवा र धादिङ जिल्लाका पालिकाले सङ्घीय सञ्चित कोषबाट पाउने वित्तीय समानीकरण अनुदान तय भएको छ । पालिकाले सङ्घीय सरकारबाट पाउने अनुदान तय भएपछि यसैको आधारमा आगामी वर्षको बजेट बनाउने प्रक्रिया सुरु गर्ने भएका छन् । नुवाकोटका १२, रसुवाका पाँच र धादिङका […]