+
Search

ताजा अपडेट +

पपुलर +

एमाले पार्टी सदस्यता वृद्धि

एमाले पार्टी सदस्यता वृद्धि
त्रिशूली प्रवाह
३ हप्ता अगाडी

विदुर । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको नुवाकोट जिल्लामा पार्टी सदस्यता वृद्धि भएको छ । पार्टी सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता गत वर्ष विसं २०८१ मा ६ हजार चार सय ८४ रहेकोमा वृद्धि भई विसं २०८२ मा सात हजार एक सय ४४ पुगेको छ । गत वर्षभन्दा यस वर्ष ६ सय ६० सदस्य थपिएका छन् ।

गत वर्षभन्दा यस वर्ष पार्टी सदस्य ६ सय ६० बढेको जिल्ला पार्टी सचिव शिवकुमार चित्रकारले जानकारी दिनुभयो । गत वर्ष पार्टीमा नयाँ सदस्य पाँच सय १० थप भएकोमा यस वर्ष बढेर ६ सय ६० पुगेको छ । जिल्लाको १२ पालिकामध्ये सबैभन्दा बढी पार्टी सदस्य बेलकोटगढी नगरपालिकामा नयाँ दुई सय १४ र नवीकरण १४ सय २५ सहित १६ सय ३९ र सबैभन्दा कम म्यागङ गाउँपालिकामा नयाँ सात, नवीकरण एक सय आठसहित एक सय १५ रहेको छ । पार्टी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार विदुर नगरपालिकामा नयाँ एक सय ६८, नवीकरण १३ सय १५ सहित १४ सय ८३, तारकेश्वरमा नयाँ ५८, नवीकरण चार सय १३ सहित चार सय ७१, किस्पाङमा नयाँ ११, नवीकरण एक सय १६ सहित एक सय २७, दुप्चेश्वरमा नयाँ चार, नवीकरण चार सय १९ सहित चार सय २३, तादीमा नयाँ पाँच, नवीकरण दुई सय ८६ सहित दुई सय ९१, लिखुमा नयाँ ६८, नवीकरण तीन सय ८१ सहित चार सय ४९, सूर्यगढीमा नयाँ १२, नवीकरण पाँच सय ३१ सहित पाँच सय ४३, शिवपुरीमा नयाँ ३७, नवीकरण चार सय सातसहित चार सय ४४, ककनीमा नयाँ ३३, नवीकरण आठ सय २६ सहित आठ सय ५९ र पञ्चकन्यामा नयाँ ४३, नवीकरण दुई सय ५७ सहित तीन सय सदस्य रहेको छ । एमालेको नुवाकोटमा पार्टी सदस्यता लिने र नवीकरण गर्नेको सङ्ख्या बढेको सचिव चित्रकारले बताउनुभयो । जिल्लामा अरू प्रतिस्पर्धी पार्टी नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)को भन्दा सङ्गठन चलायमान र कार्यकर्ता सक्रिय रहेको दाबी सचिव चित्रकारले गर्नुभएको छ । एमालेलाई चौतर्फी आक्रमण भइरहे पनि नुवाकोटमा थप सशक्त बन्दै गएको छ । एमालेप्रति जनआकर्षण दिन प्रतिदिन बढिरहेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह