मुख्य समाचार

  • चर सय ६४ पदका लागि दुई हजार ८९ को मनोनयन दर्ता एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा

    १५ बैशाख २०७९, बिहीबार १२:२८

    शम्भुराम दाहाल विदुर, वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको दोस्रो दिन सोमबार नुवाकोटका साना-ठूला दल र स्वतन्त्र उम्मेदवारले ¥याली र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । सत्तारूढ गठबन्धनका नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राप्रपा, जनता समाजवादी, सामाजिक एकता पार्टी, मंगोल […]

  • धादिङमा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा

    १५ बैशाख २०७९, बिहीबार १२:०३

    धादिङ, धादिङ जिल्लामा नेकपा (एमाले) र सत्तारूढ गठबन्धनको उम्मेदवारी परेको छ । जिल्लाका दुई नगरपालिका र ११ गाउँपालिकामा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरेर संयुक्त उम्मेदवार उठाएका छन् । एमालेले भने एक्लै उम्मेदवारी दिएको छ । गठबन्धनमा रहेको काङ्ग्रेसले आठ पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख, नेकपा माओवादी केन्द्रले तीन […]

  • दोस्रोपटक टिकट पाउने एक दर्जन भाग्यमानी

    १५ बैशाख २०७९, बिहीबार ११:१४

    शम्भुराम दाहाल विदुर, नुवाकोट जिल्लाका प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र पार्टीभित्र आकाङ्क्षी धेरै हुँदा व्यवस्थापन गर्न नसकेको, फरक/फरक दलबीचको गठबन्धनको कारण उम्मेदवारको सङ्ख्या धेरै भए पनि जिल्लाका एक दर्जन प्रमुख/उपप्रमुखमा दोहोरिने भाग्यमानीमा परेका छन् पार्टीभित्र नै आकाङ्क्षी धेरै रहेको बेला चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न सत्तारूढ र विपक्षी पार्टीको फरक/फरक […]

  • ‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ सम्पन्न

    २ बैशाख २०७९, शुक्रबार ११:५४

    विदुर, नेपाली काङ्ग्रेसको ‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियान मंगलबार नुवाकोटमा सम्पन्न भएको छ । गत फागुन २९ गतेदेखि सुरु भएको एकमहिने अभियान सातवटै प्रदेश, ७७ वटै जिल्ला, सात सय ५३ पालिकामा सम्पन्न भएको छ । १४औँ महाधिवेशनका बेलाको प्रतिस्पर्धीले सिर्जना गरेको आपसी मतभेदलाई मेटाउँदै अभियानको क्रममा जिल्लाको १२ वटै पालिका, ८८ वटा वडा र सबै […]

  • ओली आज बट्टारमा गर्जिने

    २ बैशाख २०७९, शुक्रबार ११:४९

    शम्भुराम दाहाल विदुर, नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार नुवाकोटको जनसभालाई सम्बोधन गर्न र पार्टी प्रवेश गराउने कार्यक्रमका लागि आउँदै छन् । देशैभरिबाट एमालेमा प्रवेश गर्नेको लहर अहिले चलेको छ । एमाले अध्यक्ष ओलीसहित शीर्ष नेताहरू नुवाकोटमा पनि भोलि हजारजनाभन्दा बढी अन्य पार्टीबाट प्रवेश गराउने कार्यक्रममा आउन लागेका हुन् । […]

  • विदुरको मेयरमा नेपाली काङ्ग्रेसको तर्फबाट मच्छिन्द्रको दाबी

    २४ चैत्र २०७८, बिहीबार १६:३५

    दोस्रो स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ । चुनाव नजिकिएसँगै राजनीतिक दल चुनावी गतिविधिमा होमिएका छन् । यतिबेला राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि गाउँ-गाउँमा भेटिन थालेका छन्, टोल-टोलमा पुगेका छन् । निर्वाचन नजिकिएसँगै नेपाली काङ्ग्रेस नुवाकोटका नेता÷कार्यकर्ता उम्मेदवार बन्न तँछाड-मछाड गर्दै छन् । जिल्लाको १२ वटा पालिका र ८८ वटा वडामा उम्मेदवार […]

  • विदुर र बेलकोटगढी नगरपालिकामा मेयरका आकांक्षीको दौडधुप तालमेलको हल्लाले काँग्रेस र माओवादी अलमलमा

    १७ चैत्र २०७८, बिहीबार १६:०७

    – एमालेले पण्डित र खनाललाई पुनः अघि बढाउने – शम्भुराम दाहाल बट्टार, नुवाकोट जिल्लाको दुईवटा विदुर र बेलकोटगढी नगरपालिकामा आगामी बैंशाख ३० गते हुन लागेका स्थानीय तह निर्वाचनको मिति नजिकिंएसँगै चुनावी सरगर्मी बढेको छ । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी दलबिच तालमेल हुने चर्चाले काँग्रेसका नेता÷कार्यकर्ता अलमलमा परेका […]

  • उपप्रमुख महिला प्रमुख बन्ने दौडमा

    १७ चैत्र २०७८, बिहीबार १५:४४

    लक्ष्मी थोकर विदुर, स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा नुवाकोट जिल्लाको गाउँ, टोल चुनावमय बन्दै गएको छ । दिन प्रतिदिन राजनीतिक दलले चुनाव केन्द्रित कार्यक्रमलाई तिव्रता दिन थालेका छन् । स्थानीय तहको नयाँ नेतृत्वमा को आउँला भनेर अड्कलबाजी गाउँटोलमा हुन थालीसकेको छ । संघीय शासन प्रणाली लागू भएपछि पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा सम्पन्न भएको […]

  • निरञ्जना–बाघखोर सडक कालोपत्रे शुरू

    १७ चैत्र २०७८, बिहीबार १२:२६

    बेलकोट, बेलकोटगढी नगरपालिकाको निरञ्जनागढीबाट बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोर पुग्ने सडक चैत्रभित्र कालोपत्रे अर्थात् पिच सम्पन्न हुँदैछ । दुई वर्षअघि २०७७ साल असोज १७ गते शिलान्यास गरिएको सडकको तोकिएको समय अवधि भन्दा ४ महिना अगाडी नै निर्माण ब्यवसायीले कालोपत्रे सम्पन्न गर्नेछ । निर्माणको जिम्मेवारी महाँलक्ष्मी/अमृत जलुकेनी जेभीले गत २०७७ असारमा पाएको थियो । जिम्मेवारी पाएको काम […]

  • पालिकाको निर्वाचनमा बहालमा रहेका जनप्रतिनिधि र प्रत्याशी आकाङ्क्षी

    १० चैत्र २०७८, बिहीबार १३:०६

    सज्जन उत्सुक सापकोटा विदुर, आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नुवाकोट जिल्लाका बहालमा रहेका जनप्रतिनिधि र ०७४ को स्थानीय तह निर्वाचनका प्रत्याशी नै आकाङ्क्षी देखिएका छन् । बहालमा रहेका जनप्रतिनिधि र गत निर्वाचनका प्रत्याशी नै फेरि उम्मेदवार बन्ने दौडमा रहेपछि नयाँ उम्मेदवारले अवसर नपाउने अवस्था आएको छ । दुई कार्यकाल उम्मेदवार बन्न […]