फिचर फोटो

  • सरकारी मोटरसाइकलबाट नागरिकले पाएको सेवा

    १८ माघ २०८०, बिहीबार १४:२७

    डा.सरोज श्रेष्ठ जिबजिबे ग्रामीण अस्पतालमा कार्यरत म (डा. सरोज श्रेष्ठ) स्याफ्रुबेँसी, रसुवामा तीनदिने उच्च उचाइ रोग (लेक लाग्ने) व्यवस्थापन प्रशिक्षणको प्रशिक्षकको रूपमा बिहानको ७ बजे नै बा. २ ब.१७९७ सरकारी मोटरसाइकलमा जिबजिबेबाट ०८० जेठ २४ गन्तव्यतिर अगाडि बढेँ । राज्यले चिकित्सकलाई धन्न २०-२५ वर्ष पुरानै भए पनि मोटरसाइकलको सुविधा दिएको रहेछ । ठाउँ–ठाउँमा बाटो नराम्रो […]

  • पुरुषोत्तम मासमहात्म्यको कथासार दीपदानको महत्व र पूजाविधि (…क्रमागत प्रसङ्ग–५)

    १९ श्रावण २०८०, शुक्रबार १३:४७

    सौभाग्य नगरमा चित्रबाहु नामका राजा थिए । तिनकी चन्द्रकला नामकी ज्यादै पतिव्रता रानी थिइन् । राजा ज्यादै विष्णुभक्त थिए । एक दिन तिनका दरबारमा अगस्त्य ऋषि आउनुभयो । राजाले बडो आदरसँग स्वागत, सत्कार गरेर हजुुरजस्ता श्रीकृष्णका भक्तलाई म राज्य नै समर्पण गर्दछु भनेर राज्य दिए । अगस्त्यले भने, हे राजन मेरा आज्ञाले नै यो राज्य […]

  • सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा प्रतिबन्ध न कानुनको पालना, न अटेर गर्नेमाथि कारबाही !

    १९ श्रावण २०८०, शुक्रबार १३:२९

    सरिना सापकोटा कानुनले न त सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न दिन्छ, न त बिक्री–वितरण गर्न नै । अर्थात्, सार्वजनिक स्थलबाट कम्तीमा सय मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्री–वितरण र सेवनमा पूर्ण रोक लगाएको छ । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ ले ‘अटेर गरे’ कारबाहीको व्यवस्था पनि गरेको छ । तर, न कानुनको पालना […]

  • नागरिकता विधेयकको विवाद र प्रमाणीकरण

    २८ बैशाख २०८०, बिहीबार १५:३०

    डा.केशव देवकोटा सरकारले जन्मका आधारमा नागरिकता दिँदा करिब ४० लाख भारतीय र १० लाख अन्य मुलुकका नागरिकले नेपाली नागरिकता प्राप्त गरेका छन् । नेपालको नागरिकताको परम्परा भनेको वंशजका आधारमा मात्र दिने भन्ने हो । बीचैमा त्यसरी जन्मका आधारमा नागरिकता दिइएकोमा फेरि वंशजका आधारमा भन्दै उनीहरूका सन्तानलाई नागरिकता दिने प्रयास गरिएको हुनाले विवादको सिर्जना भएको हो […]

  • घरायसी लेनदेनको कानुनी प्रक्रिया

    १७ भाद्र २०७९, शुक्रबार ११:४६

    शिवराज धिताल दुई वा दुईभन्दा बढी व्यक्तिबीच कुनै सर्त राखी कुनै रकम वा वस्तु लिनु र दिनु गरेमा निजहरूबीच लेनदेन गरेको मानिने भनी लेनदेनको परिभाषा गरिएको छ । त्यस्तै कुनै व्यक्तिले कुनै किसिमले कसैलाई कुनै रकम वा वस्तु दिनुपर्ने दायित्व भएकोमा त्यस्तो व्यक्तिले ऋण लिएसरह मानिने भनी ऋणको परिभाषा गरेको छ । मुलुकी देवानी संहिता, […]

  • जनप्रतिनिधिले गर्नैपर्ने काम र दायित्व

    ९ असार २०७९, बिहीबार १३:४८

    टंकमणि शर्मा ०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका नयाँ जनप्रतिनिधिले जनताको मन जितेर काम गर्नेछन् भन्ने विश्वास गर्न सकिन्छ । नयाँ आएका सबै जनप्रतिनिधिले पाँच वर्षमा गर्ने स्पष्ट योजना र सोच बनाएर सोहीअनुसार अघि बढ्ने हो भने जनताले गरेका विश्वासले मूर्तरूप पाउने छ । यसअघि जनप्रतिनिधि रहेर फेरि पनि निर्वाचन […]

  • सुनेको-देखेको इतिहास

    ९ असार २०७९, बिहीबार १३:२७

    रामहरि रिमाल बाजे नुवाकोट जिल्लामा मैले भोगेको, देखेको, सुनेको कुरालाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । मेरो प्रयासलाई पढेर अशुद्ध र केही सच्याउनुपर्ने भए सुझावको अपेक्षा राखेको छु । २००८ सालको कुरो हो – गाउँतिर गुठी बिर्ता मालपोतसरह होस् भनिन्थ्यो । त्यही अपेक्षा जनताले गर्दथे । मालपोतसरह नभई कर तिर्दैन इन्क्लाब जिन्दावाद श्री ५ त्रिभुवन […]

  • २ असार २०७९, बिहीबार १४:२९

    राष्ट्रिय गौरवको भारतीय परनिर्भरता कम गर्ने गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी आयोजनाको निर्माण कार्य अवरोध भएको बेत्रावतीको यो दृश्य । आयोजनाको कार्यस्थलमा अवरोध हटाउने जिम्मा कसको ? आयोजना कार्यालय, सम्बन्धित जिल्लाका प्रशासक, राजनीतिक दल र नागरिक समाज कसको हो अवरोध हटाउने दायित्व ? नुवाकोट-रसुवाको आर्थिक कायापलट गर्ने अन्तर्राष्ट्रिय त्रिदेशीय यो मार्ग निर्माणमा झन्डै आधा दर्जन आयोजना प्रमुख फेरिइसक्दा पनि […]

  • जिल्लामा कुनै पनि कामका लागि दबाब आए सबैसँग सहमति, सहकार्य गरेर अगाडि बढेको छु

    १४ श्रावण २०७८, बिहीबार १३:४६

      ईश्वरीप्रसाद ढकाल प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय, रसुवा बागमती प्रदेशको हिमाली जिल्ला रसुवामा ०७७ साल फागुन १७ गतेदेखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी ईश्वरीप्रसाद ढकालले सम्हालिरहनुभएको छ । बाल्यकालदेखि नै शान्त, सरल र मिजासिलो स्वभावका ढकाल ०५७ साल साउन १ गतेबाट निजामती सेवामा प्रवेश गर्नुभएको थियो । महिला विकास विभाग, उद्योग वाणिज्य तथा आपूर्ति […]

  • टालाटुली बटुली कति राम्रो पुतली हरामी, बिरामी र सतिसालको कित्ता

    ७ श्रावण २०७८, बिहीबार १३:४१

    सूर्य थापा श्री शेरबहादुर देउवा (शेबदे) नेतृत्वको ‘टालाटुली बटुली’ सरकारले विश्वासको मत हासिल ग¥यो । काङ्ग्रेस ६१, माके ४९, जसपा ३२, हरामी गुट २२ र राष्ट्रिय जनमोर्चा एक गरी एक सय ६५ जनाले देउवाको पक्षमा मतदान गरे । विपक्षमा एमालेका ८३ जना उभिए र ‘बिरामी’का कारण १० जनाले कतै पनि भोट हालेनन् र डा. भीम […]