• राष्ट्रिय सभा उपाध्यक्षद्वारा साततले दरबारको निरीक्षण

    १३ बैशाख २०८१, बिहीबार १५:०४

    विदुर, राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले नुवाकोट जिल्लाको ऐतिहासिक साततले दरबारको अवलोकन निरीक्षण गरेकी छिन् । ‘त्रिशूली प्रवाह’ साप्ताहिकको २५औँ वार्षिकोत्सवका अवसरमा यही वैशाख ६ गते नुवाकोट आएकी घिमिरेले दरबार जीर्णावस्थामा रहेकामा दुःख व्यक्त गर्दै दरबार पुनर्निर्माणबारे सभामा कुरा उठाउने आश्वासन दिइन् । ‘गोरखा भूकम्प’ले २६१ वर्ष पुरानो राजप्रासाद भग्नावशेष बनेको छ । दरबारको अवस्थाबारे […]

  • ‘त्रिशूली प्रवाह’ को रजत वर्ष समारोह सम्पन्न

    १३ बैशाख २०८१, बिहीबार १४:२८

    विदुर, नुवाकोट जिल्लाको पहिलो रङ्गीन पत्रिका ‘त्रिशूली प्रवाह’ साप्ताहिक २५ वर्षमा प्रवेश गरेको छ । पत्रिकाले गत बिहीबार यहाँ रजत वर्ष मनाएको छ । पत्रिका रजत वर्ष प्रवेश गरेको अवसरमा सदरमुकाम विदुरमा समारोह आयोजना गरिएको थियो । ०५७ वैशाख १ गते बिहीबारदेखि प्रकाशन सुरु भएको ‘त्रिशूली प्रवाह’को २५औँ रजतउत्सव कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाका उपाध्यक्ष विमला […]

  • दुधकुण्डमा पर्यटन पूर्वाधार अभाव

    १३ बैशाख २०८१, बिहीबार १४:२३

    सरस्वती न्यौपाने धुन्चे, रसुवाको आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने प्रकृतिबाट निर्मित अनगिन्ती स्थान र स्थल हुँदाहुँदै पनि प्रचार–प्रसारको अभावमा ओझेलमा परिरहेको छ । जिल्लाको गोसाइँकुण्ड र लाङटाङ क्षेत्रबाहेक अन्य स्थलको प्रचार–प्रसार हुन सकेको छैन । नेपालको तेस्रो पर्यटकीय गन्तव्य रहेको हिमाली जिल्ला रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे भन्दा माथि खैदीबाट दुई दिनको पैदल यात्रापछि […]

  • छुच्चो पेसालाई निरन्तरता दिइने उत्सुकको प्रण

    १३ बैशाख २०८१, बिहीबार १४:१६

    श्याम रिमाल विदुर, वि.सं. २०८१ वैशाख ६ बिहीबार । होटेल सनसाइन प्रालि, विदुर-२ सञ्चारचोक, नुवाकोट । सभाकक्षको पश्चिमतिर मञ्च तयारीका साथ भित्तामा ‘त्रिशूली प्रवाह’ २५औँ वार्षिकोत्सवको सानो तुल झुन्ड्याइसकिएको थियो । प्रमुख अतिथि (प्रअ) राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेको कार्यक्रमपूर्व नै काठमाडौंबाट आगमन भइसकेको थियो र आयोजक, नगरपालिकाका पदाधिकारी, राजनीतिक दलका नेता आदिसँग होटेलका एक […]

  • एम्बुलेन्स खरिद तथा खेलाडी कल्याण कोष स्थापनार्थ महायज्ञ सञ्चालन

    १३ बैशाख २०८१, बिहीबार १४:०९

    पिपलटार, एम्बुलेन्स खरिद गर्न तथा फुटबल खेलाडी कल्याण कोष स्थापना गर्न पिपलटार फुटबल क्लब विदुर नगरपालिका–५ पिपलटारको आयोजनामा आइतबारदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भइरहेको छ । महायज्ञ पिपलटारको फुटसल खेलमैदानमा वैशाख ९ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञको उद्घाटन विदुर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठले गरेका थिए । उद्घाटनअघि स्थानीयको सहभागितामा कलश शोभायात्रा […]

  • अध्यक्ष कप भलिबलको उपाधि हाकु युवा सोसाइटीको पोल्टामा

    १३ बैशाख २०८१, बिहीबार १४:०५

    धुन्चे, वैशाख ४ देखि ७ गतेसम्म सञ्चालन भएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि हाकु युवा सोसाइटीको पोल्टामा परेको छ । जिल्लाका १७ टिमले भागले लिएको उक्त प्रतियोगितामा १६ टिमलाई पछि पार्दै हाकु युवा सोसाइटीको टिम विजेता बनेको छ । विजेता भएसँगै हाकुले दुई लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र हात पारेको छ । […]

  • निःशुल्क दन्त शिविर सम्पन्न

    १३ बैशाख २०८१, बिहीबार १४:००

    धुन्चे, कालिका गाउँपालिका रसुवाको आयोजना तथा ट्रेक एन्ड एम्पिडिसन प्रा.लि. काठमाडौंको आर्थिक सहयोग तथा वल्र्ड होरिजन एन्ड सेटपको प्राविधिक सहयोगमा जिबजिबे ग्रामीण अस्पतालमा चारदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । जिल्लाको ग्रामीण भेग उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाका विपन्न गरिब जनतालाई लक्षित गरी कालिका गाउँपालिका–५ मा रहेको जिबजिबे ग्रामीण अस्पतालमा निःशुल्क दन्त शिविर सम्पन्न […]

  • ‘त्रिशूली प्रवाह’

    १३ बैशाख २०८१, बिहीबार १३:५५

    धर्तीचन्द्र यात्री वि.सं.२०८१ वैशाख ५ गते बेलुकी साहित्यकार एवम् पत्रकार श्याम रिमालको फोन आयो । उहाँले भन्नुभयो, ‘यात्रीजी, भोलि ‘त्रिशूली प्रवाह’ साप्ताहिकको कार्यक्रममा नुवाकोट जानुपर्ने भयो ।’ नुवाकोट आफू जन्मेको, हुर्केको जिल्ला । म हरेक क्षण जिल्लाबारे उत्सुक हुने मानिस । त्यसमा पनि शरण उत्सुकले गर्नुभएको त्यस निम्तालाई मैले कसैगरी नाइँनास्ती गर्न मिल्दैनथ्यो । सोहीबमोजिम […]

  • बौद्ध शान्ति समाज नुवाकोटको अध्यक्षमा रुम्बा

    १३ बैशाख २०८१, बिहीबार १३:४३

    विदुर, नेपाल बौद्ध शान्ति समाज नुवाकोटको प्रथम भेला शनिबार विदुर नगरपालिका-२ को सांगे छ्योइलिङ धोर्जोङ गोन्पामा सम्पन्न भएको छ । समाजका केन्द्रीय अध्यक्ष पाल्साङबज्र लामाको प्रमुख आतिथ्यमा जिल्लाका विभिन्न गोन्पाका लामा र गोन्पा सञ्चालक समितिको प्रतिनिधिको उपस्थितिमा सम्पन्न भेलाले होम रुम्बाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत गठन गरेको छ । भेलाले जिल्लाका १२ वटै […]

  • धादिङमा क्यान्सर प्रिभेन्सन एन्ड रिसर्च सेन्टर स्थापना गर्न समिति गठन

    १३ बैशाख २०८१, बिहीबार १३:३८

    राजेन्द्र बस्नेत काठमाडौं, दिनानुदिन क्यान्सर रोगीको सङ्ख्या नेपालमा वृद्धि हुँदै गइरहेको छ । क्यान्सर रोगलाई सामान्यतया जित्ने रोगीको सङ्ख्या नेपालमा निकै कम रहेको छ । क्यान्सर रोगको उपचार गर्ने क्रममा धेरै परिवारको धन र जन एकैसाथ सकिने गरेका थुप्रै घटना छन् । यस किसिमको रोगको उपचार र अनुसन्धानका लागि धादिङ जिल्लाको थाक्रेमा ‘हाइवे क्यान्सर प्रिभेन्सन […]