+
Search

ताजा अपडेट +

पपुलर +

निःशुल्क दन्त शिविर सम्पन्न

निःशुल्क दन्त शिविर सम्पन्न
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, कालिका गाउँपालिका रसुवाको आयोजना तथा ट्रेक एन्ड एम्पिडिसन प्रा.लि. काठमाडौंको आर्थिक सहयोग तथा वल्र्ड होरिजन एन्ड सेटपको प्राविधिक सहयोगमा जिबजिबे ग्रामीण अस्पतालमा चारदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

जिल्लाको ग्रामीण भेग उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाका विपन्न गरिब जनतालाई लक्षित गरी कालिका गाउँपालिका–५ मा रहेको जिबजिबे ग्रामीण अस्पतालमा निःशुल्क दन्त शिविर सम्पन्न भएको हो । शिविरमा सात सय १३ जनाले सेवा लिएको ग्रामीण अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले जानकारी दिए । रसुवा ट्रेक्स एन्ड एम्पिडिसन प्रा.लि.का सञ्चालक बलराम न्यौपानेका अनुसार वैशाख ४ देखि ७ गतेसम्म सञ्चालन भएको शिविरमा दाँत निकाल्ने सेवाग्राही एक सय ७८ जना र दाँत भर्ने पाँच सय ४४ जना रहेका थिए । दाँतको उपचारका लागि जिल्लाबाहिर जानुपर्ने र आर्थिक स्थितिले नजिकैको अस्पतालसम्म पनि जान नसक्नेका लागि यो निःशुल्क दन्त शिविरले केही राहत मिल्ने र फलदायी रहेको विश्वास रहेको बताए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह