मुख्य समाचार

  • Logo of trishuli prawaha

    मानव जातिले कोरोनाबाट मुक्ति पाउँदै ! चौतर्फी दबाबपछि कोरोनाको परीक्षण र उपचार निःशुल्क

    २७ कार्तिक २०७७, बिहीबार ११:४८

    मानव जातिले कोरोना भाईरस विरूद्धको खोप बनाउने प्रयास लगातार गरे पनि धेरै असफलता मात्र भेटिरहेको बेला यो हप्ता अमेरिकाबाट एउटा आशा पलाएको छ कि कोरोना विरुद्ध तयार पारिएको खोपले मानिसमा ९० प्रतिशत लाभ प्राप्त भएको छ । यसले विश्वलाई तरंगित पारेको छ । खोपले काम गरेको समाचार आउनासाथ विश्वको सेयर बजार एक्कासी बढेको छ । […]

  • दुई निरङ्कुश नेताको निरन्तरको लडाइँले नेकपा सङ्कटमा

    २० कार्तिक २०७७, बिहीबार १३:५५

    जनतामा कम्युनिस्टप्रति नै वितृष्णा बढ्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुई निरङ्कुश नेताको निरन्तरको लडाइँले कम्युनिस्ट सरकारकै बदनाम हुन पुगेको छ । नेकपा पार्टी गठन भएपछि दुई अध्यक्ष छन्– केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड । प्रचण्डले कहिल्यै पनि अरूको नेतृत्व स्वीकार गरेको इतिहास छैन । उनी जहिले पनि आफ्नै नेतृत्व मात्र रुचाउने स्वभावका निरङ्कुशताका […]

  • नुवाकोट र रसुवाका पालिकाले भन्दैछन् जहाँ छौ त्यहीँ दशैं मनाउँ

    ८ कार्तिक २०७७, शनिबार ०७:४६

    धुन्चे, चाडपर्व नजिकिएसँगै सर्वसाधारणको गाउँघर जाने र किनमेल गर्ने क्रम बढेको छ । वडादशैंका लागि सार्वजनिक सवारी साधनसँगै पसल, बजारलगायतका सार्वजनिक स्थलमा नागरिकको चाप बढेपछि कोरोना भाईरस संक्रमणको जोखिम झन् बढ्ने देखिएको छ । नुवाकोटको १२ वटा पालिका र रसुवाका पाँच पालिकाले बसेकै स्थानमा रहेर चाडपर्व मनाउन आग्रह गरेका छन् । साथै, स्थानीय तहले स्वास्थ्य […]

  • स्वास्थ्य सम्बन्धी न्युनतम मापदण्ड पालना नहुँदा : फैलंदो कोरोनाले दशैं/तिहार खल्लो

    २९ आश्विन २०७७, बिहीबार ११:३३

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय लागू हुने हो भने यो हप्ता नेपालमा पुनः लकडाउन भईरहेको हुने थियो । नागरिकले स्वास्थ्य सम्बन्धी स्वास्थ्य सम्बन्धी न्युनतम मापदण्ड पालना नगर्दा फैलंदो कोरोनाले गर्दा दसैं तिहार खल्लो हुँदै । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार […]

  • केमिकल नहुँदा पिसिआर मेसिन थन्क्यिो एक हप्तामा ३० जना संक्रमित

    २२ आश्विन २०७७, बिहीबार १४:१२

    विदुर, नुवाकोटबासीले कोरोना भाईरसको परीक्षण गर्न अझै केही दिन कुर्नुपर्ने भएको छ । नेपालभरमै क्वालिटीको पिसिआर मेसिन ल्याउने चौथों नम्बरमा परेको नुवाकोटमा मेसिनको सबै उपकरण सेटिङ भएर पनि केमिकलको अभावमा सञ्चालन हुन सकेका छैन ।      विदुर नगरपालिकाले खरिद गरेको पिसिआर मेसिन तथा उपकरण जिल्ला भित्र्एिको डेढ हप्ता भईसकेको छ । उक्त मेसिनको गत […]

  • Logo of trishuli prawaha

    नेकपा विभाजन ट¥यो ! माधव नेपालको आत्मसमर्पण कि त्याग ?

    १५ आश्विन २०७७, बिहीबार १३:२३

    नेकपामा यतिबेला विवाद मिलेको छ । प्रचण्ड र माधव नेपाल पक्षधर नेताहरूले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको लाइनअनुसार प्रतिवेदन दिए । कतिपयले भीम रावल र सुरेन्द्र पाण्डेहरूले लाइन परिवर्तन गरेको, माधव नेपाललाई धोका दिएको रूपमा प्रचार पनि गरे । ओली र प्रचण्डले मिलेर जाने भनेपछि नेकपामा देखिएको विवाद एकाएक मत्थर मात्र होइन, उनीहरूले गरेको सहमतिअनुसारकै […]

  • Logo of trishuli prawaha

    लकडाउन र निषेधाज्ञाको नाममा अर्थतन्त्र तहसनहस सिडिओ गृहमन्त्री बनिदिँदा अहिले सबै क्षेत्र अस्तव्यस्त

    १८ भाद्र २०७७, बिहीबार १५:०८

    गत डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरस कोभिड– १९ को प्रभाव विश्वका दुई सयभन्दा बढी देशमा परिसकेको छ । विश्वका सर्वशक्तिमान देशलाई हल्लाउँदै अहिले नेपाल प्रवेश गरेको कोभिड– १९ ले पछिल्लो समयमा दुई अङ्कको मृत्यु नेपालमा सुरु भएको छ । प्रतिएक हजारको परीक्षणमा एक सयभन्दा बढीको मृत्यु भइरहेको सरकारी तथ्याङ्कले पुष्टि गरेको छ । नौ […]

  • नुवाकोटमा निषेधाज्ञा खुकुलो कोरोना सङ्क्रमित एकानब्बे

    १८ भाद्र २०७७, बिहीबार ०७:३१

    विदुर/  नुवाकोटमा साउन २५ गतेदेखि गाउँपालिका र नगरपालिकाको सिफारिसमा १० वटा पालिकामा जारी निषेधाज्ञा बुधबारदेखि केही खुकुलो भएको छ । स्थानीय प्रशासनले स्वास्थ्य तथा सुरक्षासम्बन्धी सबै मापदण्ड पूरा गरेर उद्योग–व्यवसाय सञ्चालन र आवतजावतमा सहज बनाएको छ । बाहिर जिल्लाबाट आउने सवारीसाधन र व्यक्तिलाई भने प्रवेशमा कडाइ गरेको छ । साउन २५ गतेदेखि लगातार निषेधाज्ञा जारी […]

  • Logo of trishuli prawaha

    नेकपाको विवाद केही थान मन्त्रीमा टुङ्गिँदै: जिल्लामा कार्यकर्ताबीच बोलचाल बन्द गराएर केन्द्रमा दुई अध्यक्ष मिल्नु कुन सिस्टम ?

    ४ भाद्र २०७७, बिहीबार १०:११

    पूर्वमाओवादीमा प्रचण्ड एक्लिन थालेका छन् । पछिल्लो समयमा प्रधानमन्त्री केपी ओलीसँग प्रचण्डले सम्झौता गरेपछि उनी एक्लिन पुगेका हुन् । यसअघि नै पूर्वमाओवादीका टोपबहादुर रायमाझी, मणि थापा र हरिबोल गजुरेलहरू केपी ओली समूहमा राजनीतिक भविष्य जोगाउन लागेका छन् भने पूर्वमाओवादीका देव गुरुङ, मातृका यादवलगायतको समूह माधव नेपाल पक्षमा लागेका छन् । तराईमा प्रचण्डको पक्षमा प्रभु शाहको […]

  • नेकपामा नयाँ राजनीतिक अभ्यास : बहुमत नै पराजित जनता राहतका लागि तड्पिने, नेताहरू कुर्सीका लागि मरिहत्ते गर्ने

    २२ श्रावण २०७७, बिहीबार १५:०६

    राजनीतिमा जित–हार, उतार–चढाव, शत्रु–मित्रको सम्बन्ध कहिले कोसँग हुन्छ केही थाहा हुँदो रहेनछ । तर, अहिले नेकपाका अर्को पनि घटना भएको छ, बहुमतमाथि अल्पमतको शासन । अहिलेको राजनीतिक अवस्था हेर्दा नेकपामा बहुमत पराजित भएर अल्पमतले शासन चलाइरहेको छ । अहिले बहुमत पक्षधर नेकपाभित्र लाचारजस्तै देखिएका छन् । अल्पमतले जे भन्यो त्यही मात्र केन्द्रीय राजनीतिमा भइरहेको छ […]