पुस ७ बाट धादिङ महोत्सव

  • त्रिशूली प्रवाह
  • २५ मंसिर २०७९, आईतवार ११:११
  • राजेन्द्र बस्नेत

धादिङवेंशी, “धादिङ जिल्लाको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” नारासहित धादिङ उद्योग वाणिज्य संघ धादिङले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवको लक्ष्य, उद्देश्य र कार्यक्रम विषयमा संस्थाका अध्यक्ष विष्णुप्रसाद थपलियाले जानकारी दिएका छन् ।

“जिल्लाको साँस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन कृषि, घरेलु उद्योग, ब्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउँदै विभिन्न जातजाति, वर्ग र समुदायको बिच सद्भाव एवं भातृत्व अभिबृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा संगठितरूपले प्रयत्नशील रहने । “लक्ष्य लिएको बताईएको छ । यसैगरी, जिल्लालाई औद्योगिक, ब्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्ने, स्थानीयस्तरबाट उत्पादित बस्तुको बजारीकरण र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पु¥याउने, घरेलु उत्पादन र कृषिलाई ब्यवसायिक र आधुनिकिकरणतर्फ उन्मुख गराउने, निकासी योग्य वस्तुको पहिँचान एवं बजार प्रवद्र्धनमा सहयोग पु¥याउने, यस जिल्ला तथा आसपासका अन्य पर्यटकीयस्थलको विकास र बिस्तारमा टेवा पु¥याउने, स्थानीय बजारको बिकास बिस्तार एवं बिशिष्टिकरणतर्फ उन्मुख गराउने, उत्पादक र उपभोक्ताबिच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध बिस्तार गराउने, आधुनिक एवं नयाँ प्रविधी, उपकरण एवं मेसिनका बारेमा जानकारी गराउने, स्थानीय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने, विभिन्न जातजातीबिच साँस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिबृद्धि गर्ने, लगानीका अवसरको सिर्जना गर्ने, बहुप्रतिक्षित जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणको काम अघि बढाउन सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्य रहेको महोत्सव आयोजक समितिको रहेको अध्यक्ष थपलियाले बताए ।

बिक्री तथा प्रर्र्दशनी प्रर्वद्धनका लागि १ सय २० वटा स्टलमा स्थानीय तहभित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, कृषि प्रदर्शनी, साना तथा घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण, विविध साँस्कृतिक प्रदर्शनी, पर्यटन प्रवद्र्घन सम्बन्धी विविध कार्यक्रम, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुको प्रदर्शनी तथा बिक्री, हस्तकलाको प्रदर्शनी तथा बिक्री वितरण, राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकारबाट दैनिक साँस्कृतिक प्रस्तुती, खनिजजन्य वस्तुको प्रदर्शनी तथा बिक्री, जडिबुटीको प्रदर्शनी, बिक्री तथा जानकारी, आदिबासीको भेषभुषा, संस्कृति तथा रहन-सहनको प्रदर्शनी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुको प्रदर्शनी तथा बिक्री-सूचना प्रविधी सम्बन्धी जानकारी, अटो मोवाईल्सको प्रदर्शनी तथा बिक्री, वितरण, रमाईलो मेला-बाल उद्यान महोत्सवका आर्कषणका रुपमा रहने पत्रकार सम्मेलनमा जानकारी गराए ।
महोत्सवको उपेक्षित उपलब्धी धादिङ जिल्लाभित्र उत्पादित कृषिजन्य उत्पादन, जडिबुटी उत्पादनकोे प्रचार-प्रसार एवं प्रर्वद्धन र ब्यवसायीकरण हुनेछ, पर्यटकीय क्षेत्रको प्रचार-प्रसार एवं प्रवद्र्घनका कारण जिल्लामा आन्तरिक तथा बाह् पर्यटकमा बृद्घि भई नयाँ रोजगारीको सिर्जना हुनेछ र यस क्षेत्रको समग्र आर्थिक स्थितीमा सुधार आउने छ, यस जिल्लाभित्र विविध भाषाभाषी/जातजाती/साँस्कृतिक तथा परम्पराको प्रचार-प्रसार/प्रस्तुतीको माध्यमबाट जातिय, भाषिक तथा साँस्कृतिक एकताको सन्देश दिईने छ, तीन लाख जना भन्दा बढीले महोत्सव अवलोकन गर्नेछन्, १० करोड भन्दा वढीको कारोबार हुनेछ, वस्तु तथा सेवाको उत्पादन र ब्यवसायमा विविधीकरण तथा व्यवसायीकरण गर्न सहयोग पु¥याउने छ , यस जिल्लाभित्रका सेवा तथा वस्तु उत्पादन र ब्यवसायको तुलनात्मक लाभको क्षेत्रको पहिँचान तथा विकासमा सहयोग पु्ग्नेछ, स्थानीय उत्पादनको राष्ट्रियकरण गर्न सहयोग पुग्ने छ, उत्पादक, प्रशोधक, वितरक र उपभोक्ता बिचको सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पुग्ने छ ।

महोत्सवलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न मूल आयोजक समिति, सल्लाहकार समिति, सचिवालय समिति, विषयगत समिति गठन गरेको र १२ उपसमिति गठन गरेको छ । धादिङ जिल्लाको ऐतिहाँसिक, साँस्कृतिक, सामाजिक तथा आर्थिक विकासमा योगदान पु¥याउने तथा जिल्लाभित्र उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी गरी प्रचार–प्रसार एवं प्रवद्र्घन गर्ने उद्देश्यले यसअघि प्रथम धादिङ महोत्सव २०६४, धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला २०६८, राष्ट्रिय ¥याफ्टिङ तथा धादिङ महोत्सव २०७०, मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथों धादिङ महोत्सव २०७१, पाँचौं धादिङ महोत्सव २०७३, धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला २०७५, सातौं धादिङ महोत्सव २०७६ भब्यतापूर्वक सम्पन्न गरिसकेको छ । यी मेला महोत्सवबाट जिल्लामा उत्पादित कच्चा पदार्थको बिक्री तथा प्रर्वद्धनमा बृद्धि भएको छ, भने राफ्टिङ, ट्रेकिङ र साईक्लिङ गर्ने पर्यटकमा पनि बृद्घि हुनुका साथै होमस्टे समेत सञ्चालन आएका छन् । जिल्लामा होटल ब्यवसाय सञ्चालनमा बृद्घि भएको छ । कृषिमा औद्योगिकरण र ब्यवसायीकरण गर्नतर्फ कृषक पनि अग्रसर बन्दै गईरहेका छन् । यसलाई अझ प्रर्वद्धन गर्नका लागि

धादिङवेंशीस्थित खुल्ला मञ्चमा पौष ७ देखि १७ गतेसम्म आठौं धादिङ महोत्सव २०७९ सम्पन्न गर्ने आयोजकले बताए । पत्रकारको विभिन्न प्रश्नलाई सम्बोधन गर्दै अध्यक्ष थपलियाले महोत्सवबाट बचत भएको रकमले सुविधा सम्पन्न तालिम हल बनाउने र महोत्सव सकिएको एक महिनाभित्र आम्दानी खर्च सार्वजानिक गर्ने प्रतिवद्धता गरेका छन् ।