+
Search

ताजा अपडेट +

पपुलर +

गोसाइँकुण्डमा टेलिकमको बिटिएस टावर

गोसाइँकुण्डमा टेलिकमको बिटिएस टावर
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । नेपाल टेलिकमले रसुवाको चन्दनबारीमा टुजी बिटिएस टावर सञ्चालनमा ल्याएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब रु. दुई हजार तीन सय मिटरको उचाइमा पर्ने सो स्थानमा टेलिकमले सेवा सञ्चालन गरेको हो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नेपाल टेलिकमले धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित गोसाइँकुण्ड जाने तीर्थालु तथा पदयात्रीको सुविधालाई ध्यानमा राखेर धुन्चेदेखि गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने चन्दनबारीमा टुजी बिटिएस सञ्चालनमा ल्याएको जनाएको छ । गोसाइँकुण्ड जाने दर्शनार्थी तथा पर्यटकले धुन्चेदेखि देउराली, चन्दनबारी, लौरीविनायक र चार हजार दुई सय मिटरमा अवस्थित गोसाइँकुण्डसम्म टेलिकमको मोबाइल नेटवर्क उपयोग गर्न सक्छन् । टेलिकमले उच्च हिमाली क्षेत्रमा पुग्ने सेवाग्राहीको सुविधाका लागि फोरजी नेटवर्क विस्तार गर्न योजना अघि सारेको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित गोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमामा मेला लाग्ने गर्छ । सो क्षेत्रमा सेवा सञ्चालनमा आएपछि दर्शनार्थी तथा पर्यटकलगायत सो क्षेत्रमा बसोबास गर्ने बासिन्दासमेत सेवाबाट लाभान्वित हुनेछन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मक रूपमा लगानी बढी हुने स्थानमा समेत समान रूपमा दूरसञ्चार सेवा विस्तार गने क्रमलाई निरन्तरता दिँदै सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ । देशका सबै जिल्लामा टेलिफोन सेवाको पहुँच पुगेको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह