+
Search

ताजा अपडेट +

पपुलर +

सेनालाई विपत् तथा उद्धार सामग्री हस्तान्तरण

सेनालाई विपत् तथा उद्धार सामग्री हस्तान्तरण
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धुन्चे गोसाइँकुण्ड गाउँपालिकाले विपत् तथा उद्धार सामग्री रसुवा जिल्ला र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना श्रीनाथ गणलाई हस्तान्तरण गरेको छ ।

विपत् व्यवस्थापन शाखाबाट जोखिम न्यूनीकरण तथा विपत् व्यवस्थापन कार्यलाई थप व्यवस्थापन गर्न विपत् तथा उद्धार सामग्री सेनालाई हस्तान्तरण गरेको अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो । उक्त सामग्री प्रमुख जिल्ला अधिकारीमार्फत चारवटै सुरक्षा निकायको रोहवरमा आइतबार श्रीनाथ गण ब्राबल ब्यारेकलाई हस्तान्तरण गरिएको थियो । उक्त सामग्री करिब रु. दुई लाखबराबरको रहेको पालिकाका लेखापाल कैसाङडिण्ढुप तामाङले जानकारी दिनुभयो । हस्तान्तरण गरिएका सामग्रीमा डोरी, प्लास्टिक, लाइफ ज्याकेट, सुरक्षा हेलमेट, स्ट्रेथर्स फोल्डिङ, हार्नेस, क्याराबिनर, पुली, थ्रो ब्याग, डेथ बडी ब्याग, एसेन्स डेर्स, थर्मल हिट सिल्ड ब्याग, पन्जालगायतका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह