+
Search

ताजा अपडेट +

पपुलर +

शिलाकन्याका अध्यक्षमा पुनः रामचन्द्र

‘एक घर, एक सिरक’ वितरण

शिलाकन्याका अध्यक्षमा पुनः रामचन्द्र
त्रिशूली प्रवाह
३ हप्ता अगाडी

ढिकुरे । शिलाकन्यादेवी माध्यमिक विद्यालय सूर्यगढी-२, फटपुरको आइतबारको अभिभावक बैठकले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः रामचन्द्र तामाङ निर्विरोध चयन भएका छन् । दोस्रो कार्यकालका लागि अध्यक्ष बनाउन तामाङलाई अभिभावक र विद्यार्थीले जोड गरेका थिए । विद्यालय स्थापनादेखि हालसम्मका अरू अध्यक्षका तुलनामा वर्तमान अध्यक्षले शैक्षिक गुणस्तर सुधारदेखि भौतिक पूर्वाधार निर्माण र विद्यार्थीको अध्ययनमा सहयोग गर्दै आइरहेको निमित्त प्रधानाध्यापक सुदीप अधिकारीले बताउनुभयो ।

आफू तिनवर्षे कार्यकालका लागि अध्यक्ष चयन भएपछि उहाँले भन्नुभयो, ‘‘विद्यालयप्रतिको लगाव र शैक्षिकरूपमा पछि पारिएका तामाङ समुदायका विद्यार्थी लागि सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’’

काठमाडौँ -१७ निवासी तथा सहयोगी दाता निङ्माडोमा शेर्पाले एक सय ६० विद्यार्थीलाई उपलब्ध गराउनुभएको किताब बोक्ने झोला, हुडी र अभिभावकका लागि ‘एक घर, एक सिरक’ समेत उहाँले अध्यक्षको पदभार ग्रहण गरेकै दिन वितरण गर्नुभएको थियो । उहाँले यसै वर्ष सिएमएस फाउन्डेसन बेलायतका आर्थिक सहयोगमा एक सय ७० विद्यार्थीलाई विद्यालयको नाम उल्लेख गरिएको ट्रयाक सुट वितरण गर्नुभएको थियो । विद्यालयको शैक्षिक, भौतक सुधारका लागि अध्यक्षले गर्नुभएको उल्लेखनीय कामको कक्षा १०की छात्रा सावित्री तामाङले प्रशंसा गर्नुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह