+
Search

ताजा अपडेट +

पपुलर +

ज्यालामजदुरीबाट आर्जित करोडौंँको सम्पत्ति प्रतिष्ठानलाई दान

ज्यालामजदुरीबाट आर्जित करोडौंँको सम्पत्ति प्रतिष्ठानलाई दान
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका लागि स्थानीयवासी भद्रमाया न्यौपानेले विदुर-५, देवीघाटमा ज्यालामजदुरीबाट कमाइएको करोडौँ मूल्यको जग्गा दान गर्नुभएको छ । विसं २०६२ । ०६३ को जनान्दोलनमा सक्रिय रूपमा संलग्न भई छायादेवी नामले परिचित उनले स्वार्जनबाट खरिद गरेको देवीघाटस्थित कित्ता नं ११७६ को आठ आना, कित्ता नं १०१० को एक आना तीन पैसा तीन दाम, कित्ता नं १४१३ को पाँच आना एक पैसा दुई दाम तथा कित्ता नं १४१६ को सात आना दुई पैसा क्षेत्रफलकोे जग्गा सोमबार मालपोत कार्यालयबाट प्रतिष्ठानका नाममा पास गरेर दान दिएको संस्थाका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिनुभयो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

उहाँले सहाराविहीन भई केही समयदेखि प्रतिष्ठानमा आश्रय लिइरहनुभएको थियो । प्रतिष्ठानमा उहाँसहित ३६ वृद्धवृद्धा आश्रित छन् । अन्य जग्गा खोजी भइरहे पनि उपलब्ध नभएमा न्यौपानेबाट प्राप्त उक्त जग्गामा नै प्रतिष्ठानले ज्येष्ठ नागरिक (जेरायटिक) अस्पताल बनाउने जनाएको छ । अस्पताल निर्माणका लागि सरोकार निकाय र सङ्घसंस्था तथा व्यक्तिसँग भेटघाट, सल्लाह र समन्वय भइरहेको अध्यक्ष नेपालले बताउनुभयो ।

Suzuki New Bike & Scooter

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह