+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

सरकारको नेतृत्व गरिरहेको घामपाटीमा माझकिराँतकी छोरीले सरकारी सेवासुविधा त्यागेर सक्रिय हुन खोज्दा गएको कम्प क्षति आकलन गर्न देशी-विदेशी प्रतिक्रियावादी शक्तिलाई भ्याइनभ्याई भइरहेको अवस्था दक्षिणतिरका कम्फर्टेबल नेता प्रचन्नले चाल नपाउने कुरै भएन । जिउँदो हुँदा त आरामले बस्न नदिने पार्टीका नेता-कार्यकर्ताले मदनलाई मरेपछि पनि फाउन्डेसनका नाममा ७७ वटै जिल्लामा गुटको केन्द्र बनाएको माकुनेले चाल पाएर पार्टी नै हँसिया र हथौडाले हानेर आफैँ  उतानटाङ परे । विरोधी बाहिरिए पनि ओलीबालाई पार्टीमा चयनले हाँस्नबाँच्न नदिने समूहले गुट बनाउन फाउन्डेसनलाई उपयोग गर्न खोजे पनि अब जिल्लातिर त्यसको बोर्ड राख्नेवाला र पदाधिकारी सरकारी निगरानीमा परे भने आसर्जे नमाने हुने भो । न्वाँकोटाँ फाउन्डेसननको बोर्ड झुन्डाउनेहरू अहिले भण्डारीआमाका भनेर चिनिन्छन् क्या ! कोही केन्द्रीय सदस्य, कोही माइन्युट बोकी-बोकी जिल्ला सचिव पड्काउनेलाई बाको गुटले ठेगान लगाउने दिन पनि आएछन् बा ! संस्थापन इतरहरू जिल्ला नेतृत्वलाई देखाउन माझकिराँत क्षेत्र धाउँदै गरेको तीनआँखेले देखिहाल्यो भन्या ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह