+
Search

ताजा अपडेट +

पपुलर +

पूर्वाधार विकास कार्यालयको भौतिक प्रगति ८९ प्रतिशत

पूर्वाधार विकास कार्यालयको भौतिक प्रगति ८९ प्रतिशत
त्रिशूली प्रवाह
१० महिना अगाडी

विदुर । बागमती प्रदेश सरकारअन्तर्गत नुवाकोटमा रहेको पूर्वाधार विकास कार्यालयले आव.२०८१/०८२ मा झण्डै ९० प्रतिशत भौतिक प्रगति गरेको छ ।

Utsuk Books & Stationery

गत वर्षको लागि विनियोजित भएको कूल बजेट रू.दुई अर्ब आठ करोड २० लाखमध्ये रू.एक अर्ब ८५ करोड ४० लाख खर्च गरेको कार्यालयले बित्तीय प्रगति ८९ दशमलव पाँच प्रतिशत हासिल गरेको छ । गत आर्थिक वर्षमा बजेट विनियोजन भएका एक सय ५९ सडक योजनामध्ये एक सय ३४ निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका योजनामा एक सय १८ उपभोक्ता समितिमार्फत र १८ ठेक्कामार्फत भएको जानकारी कार्यालयका सूचना अधिकारी रोशन पाठकले दिनुभयो । गत वर्ष २८ बहुवर्षिय योजनामध्ये पाँच वटा सम्पन्न भई २३ वटा निर्माणाधीन रहेको समेत उहाँले बताउनुभयो ।

प्रादेशिक सडक गुरूयोजनामा रहेका चारवटा सडकको स्तरोन्नती गत आवमा सम्पन्न भई २० दशमलव ४४ किमि कालोपत्रेस्तरमा, चार दशमलव शुन्य दुई किमि ढलानस्तरमा र छ दशमलव पाँच किमि ग्राभेल स्तरोन्नती भएको छ । २३ वटा सडकका बहुवर्षि योजना र १० वटा सडकका पूलका बहुवर्षिय योजना निर्माणाधीन अवस्था रहेको कार्यालयले जानकारी दिएको छ । सडक मर्मत सम्भारमा गत आवमा ७३ दशमलव ५० प्रतिशत लक्ष्य रहेकोमा शत प्रतिशत प्रगति हासिल भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह