होटेल तथा पर्यटन व्यवसायी सङ्घ बागमती प्रदेशको दोस्रो अधिवेशन सम्पन्न

  • त्रिशूली प्रवाह
  • २५ फाल्गुन २०७९, बिहीबार १२:४०

चित्लाङ (मकवानपुर), होटेल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन गत हप्ता मकवानपुरको थाहा नगरपालिका-९ को पर्यटकीय गाउँ चित्लाङमा सम्पन्न भएको छ । सङ्घका अध्यक्ष सन्तोष उप्रेतीको सभापतित्वमा सम्पन्न अधिवेशनले दामोदर नेपाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

उक्त अधिवेशनबाट नुवाकोटका दुईजना होटेल व्यवसायी कार्यसमितिमा चयन भएका छन् । होटेल स्क्वायर नुवाकोटका सञ्चालक विनोद लामिछाने सहकोषाध्यक्षमा र होटेल सानदारका सञ्चालक राजन भट्ट सदस्यमा निर्वाचित भएका छन् । कार्यसमितिको वरिष्ठ उपाध्यक्ष श्यामकुमार भालु, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ, द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ, महासचिवमा राजकुमार श्रेष्ठ, सचिवमा राजेन्द्रकुमार पिया, कोषाध्यक्षमा शेखरमान श्रेष्ठ, सहसचिवमा हरिगोपाल सापकोटा, सहकोषाध्यक्षमा विनोद लामिछाने र सदस्यमा राजन भट्ट, रामशरण नेपाल, रामकृष्ण बस्नेत, अमृतबहादुर श्रेष्ठ, होमबहादुर श्रेष्ठ, सुनील अर्याल, ललितजंग सिंह, सन्तोष घले, नवराज मरहठ्ठा, कल्पना पौडेल र सुदीप देवकोटा रहेका छन् । १३ जिल्लाका होटेल तथा पर्यटन व्यवसायी सङ्घमा आबद्ध रहेका छन् । अधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरेका थिए ।