+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
३९ मिनेट अगाडी

विपत्तिका यस क्षणमा पनि चाइन्जो जिल्लातिर राजनीति गर्नेको व्यापार राम्रै देखिन्छ । स्थानीय तहका गतिविधिले आपत्को सामना गरिरहेका जनतामध्ये आफ्नालाई पोस्ने, अर्कालाई सोस्ने पो गरेको देखियो । सेवक बन्नुपर्ने जनप्रतिनिधिमा शासकको रूप देखेपछि पीडितले सामाजिक सञ्जालभरि मनको बह पोखिरहेको हेरिनसक्नु छ । राहत वितरण, खोज, उद्धारदेखि तुइन तान्ने र हेलिकोप्टर चढ्नेमा समेत तेरो र मेरो प्रतिस्पर्धा चाइन्जो देखेर कुरी–कुरी सेम क्या । विभिन्न संस्थाले ल्याएको राहत पनि फलानो र ढिस्कानो पाटीको भन्दै लेबल पो टाँस्छन् बा ! राहत पाउनुपर्नेले नपाएको गुनासो हल गर्न र अझै क्षतिको प्रारम्भिक तथ्याङ्क सङ्कलन गर्न नसक्ने जनप्रतिनिधिलाई बालेन सरकारले चाइन्जो तक्मा दिए भने आश्चर्य नमाने हुने भो ।
                           +                                             +                                 +
घामपाटीका उखान–टुक्कामा पिएचडीधारी अध्यक्ष शनिबार विपत्ति क्षेत्रमा बागमतीका मुख्यमुन्तरी थापालाई अगाडि नलगाई आउन सकेनन् नि चाइन्जो ! करोडौँ नगद सहयोग गर्ने घोषणा गरेनि सरकारी कोषमा नदिने बरु आफ्नै कार्जेकर्ता पोस्ने रणनीतिअनुसार छानीछानी पालिका र वडामा दिने पो भन्दै छन्, चाइन्जो कस्ता दूरदर्शी !

Utsuk Books & Stationery

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह